२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खैरो हेरोइन सहित पाँच जना पक्राउ

२०७३, १२ आश्विन बुधबार १३:२०

असोज १२, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजारसहित लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरीले मङ्गलबार पाँचजनालाई पक्राउ गरेको छ । 

काठमाडौँ–८ जयबागेश्वरी बस्ने सूर्य सङ्गतलाई काठमाडौँ–८ पिङ्गलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा खैरो हेरोइन सात ग्राम र उनलाई लागुऔषध बिक्री गर्ने बाँके नेपालगन्ज–१० का सुनिल गुप्तालाई तिलगङ्गाबाट ५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

प्रारम्भिक अनुसन्धानपछि नेपालगन्जस्थित पानस फर्मास्युटिकल्स प्रालिका लाइजो अफिसर भएको खुल्न आएका गुप्ताले औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँमा दर्ता रहेको उक्त प्रालिको नाम लेखेको दराजभित्र लुकाइ राखिएको खैरो हेरोइन २२ ग्राम र डिजिटल तराजु एकथानसमेत फेला परेको छ । 

उनले काठमाडौँ गौशालास्थित साउथ एसियन गेस्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगन्ज–८ रानीतलाउका प्रकाश जोशी, नेपालगन्ज–५ का सद्दाम अन्सारी, नेपालगन्ज–१० का वीरेन्द्र सिंहलाई लागुऔषध बेचेको भन्ने सूचनाको आधारमा तीनै जनालाई हेरोइन नौग्राम र रु ६४ हजारसहित गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो