जेठ २९, ह्युस्टन | अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछाफेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।
शुक्रबारदेखि तटीय पानीमा सयौं मरेका माछा तैरिरहेको तस्बिर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछा मरेको बताएका छन् ।
सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र यहाँ अझै हजारौं माछाहरू मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।