२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने

३२ जेष्ठ २०८०, बिहीबार ०८:५९

जेठ ३२, काठमाडौँ | आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् ।

तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न आवश्यक छ । यदि तपाई पनि युट्युबमा च्यानल बनाएर पैसा कमाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई उपयोगी हुन सक्छ ।


कम सब्सक्राइबर भएका प्रयोगकर्ताहरूले कसरी पैसा कमाउन सक्छन् ?

वास्तवमा, युट्युबमा पैसा कमाउने तरिका अब धेरै सजिलो भएको छ । युट्युबले मनेटाइजेसन प्रक्रियालाई सजिलो बनाउँदैछ । युट्युब च्यानल मार्फत पैसा कमाउनको लागि च्यानलमा लाखौं सब्सक्राइबर हुनु आवश्यक छैन् । मिडिया रिपोर्टका अनुसार युट्युब च्यानलमा प्रयोगकर्ताको ५०० सब्सक्राइबर भए पनि च्यानललाई मनेटाइज गर्न सकिन्छ ।

साथै, तपाईंले हरेक महिना धेरै भिडियोहरू अपलोड गर्न आवश्यक पर्दैन् । युट्युबको नयाँ नीति अनुसार अब पछिल्लो ९० दिनमा ३ वटा भिडियो मात्र राखेर पैसा कमाउन सकिने छ । एक वर्षमा ३ हजार वाच आवर वा ९० दिनमा तीन मिलियन सर्ट भ्यूहरू भएता पनि पैसा कमाउन सकिन्छ । यसभन्दा पहिले पहिले यी नियमहरू धेरै कडा थिए । पहिले च्यानल मनेटाइज हुन् १००० सब्सक्राइबर र ४ घण्टा वाचआवर पुगेको हुनुपथ्र्याे ।

साना सिर्जनाकर्तालाइ लाभ

द वर्जको रिपोर्ट अनुसार युट्युबले सशुल्क च्याट, टिपिङ, च्यानल सदस्यता र शपिङ फीचरहरू सहित साना सिर्जनाकर्ताहरू ( साना कंन्टेन्ट क्रिएटर्स ) का लागि कमाउने केही उपाय पनि प्रस्तुत गरेको छ।

नयाँ नीति कहाँ लागू भयो ?

मिडिया रिपोर्ट अनुसार युट्युबले अमेरिका, बेलायत, क्यानाडा, ताइवान तथा दक्षिण कोरियामा यो नयाँ नीति लागू गरेको छ । छिट्टै नेपाल लगायत अन्य देशमा पनि यो निति लागु हुनेछ ।

च्यानल मोनिटाइजका लागि आवश्यक कुराहरु

  • पछिल्लो ९० दिनमा कमसेकम ३ वटा भिडियो अपलोड भएको हुनुपर्छ ।
  • न्युनतम ५०० सदस्य
  • एक वर्षमा ३ हजार घण्टा हेरिएको हुनुपर्छ वा छोटो भिडियो पछिल्लो ९० दिनमा ३० लाखले हेरेको हुनुपर्छ ।
  • नोट- मोनिटाइजेसनका लागि यी दुई मापदण्ड मध्ये कुनै एक पूरा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य