२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

खबरदार ! यसरी हुँदैछ प्रहरी निगरानी

१३ आश्विन २०७३, बिहीबार ००:२१

 प्रभात सुवेदी । असोज १३, बर्दिया । साँझको करिब सात बजिसकेको छ । दिनभरीको अफिसको थकानलाई वेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहरा जिल्ला प्रहरी कार्यालयमा भएगरेका पछिल्ला प्रगतिहरुका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो । कार्यालयको परिसरको सरसफाई तथा आन्तरिक व्यवस्थापनले प्रहरी कार्यालय नै सुन्दर बगान भएको छ ।

झट्ट हेर्दा प्रहरी कार्यालय नभएर रिसोर्ट जस्तै लाग्ने त्यो दृश्यमा वहाँसँग हामी म र क्यान महासंघ बर्दियाका सभापति परिषद्का अध्यक्ष प्रशान्त टण्डन क्षेत्री कार्यालयको सुन्दर बगानमा बसेर केहीबेर कुराकानी गर्यौँ । जसरी प्रहरी कार्यालयको सुन्दर व्यवस्थापनले हाम्रो मन लोभियो त्यसैगरी अब जिल्लामा हुने आपराधिक घटनाहरुमा कमी आउनेछ र प्रहरी कार्यालयको कामकारवाहीप्रति आम सरोकारवाला जनताहरुको मन पनि लोभिने छ । अनि बन्नेछ साँच्चै प्रहरी हाम्रो साथी ! यस्तै आभाष दिन्थ्यो जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर र आन्तरिक व्यवस्थापनको दृश्यले ।

यसरी जिल्ला प्रहरी कार्यालयले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने प्रयाससहित आफ्नो कार्यालयको व्यवस्थापन आन्तरिक संयन्त्रको सक्षमतामा वृद्धि गरी प्रहरीहरुको मनोबल उच्च राख्दै प्रहरीहरुलाई पनि नयाँ नयाँ ज्ञानहरुमा आत्मसात गर्दै लैजानु पर्ने आवश्यकतालाई महशुस गर्दै हालसालै प्रहरी उपरीक्षक बोहराकै सक्रियतामा कार्यालय परिसरमा छुट्टै कोठाको व्यवस्थापन गरी पुस्तकालयको स्थापना गरिएको छ ।

यसैगरी भाद्र १५ गतेदेखि आफ्नै कार्यालयमा भएगरेका कामकारवाहीहरुको निगरानी गर्नका लागि ५ अत्याधुनिक ओटा सिसि क्यामेराहरु जडान गरिएको छ । साथै नगरपालिकाका मुख्य चोकहरुमा वृत्ताकार रुपमा नै घुम्न सक्ने उच्च स्तरको जुमिङ क्षमताका ४ ओटा क्यमेराहरु जडान गरी नगरक्षेत्रहरुमा हुने गरेका आपराधिक क्रियाकलापहरुको निगरानी गर्न शुरु गरिएको छ । गतवर्ष नै बजेट छुट्टयाइएपनि यसपाली मात्रै प्रहरी उपरीक्षक बोहराको पहलमा नगरक्षेत्रका मुख्य बजार तथा सिसि क्यामेराको निगरानीमा राखिएको हो ।

झण्डै ५ लाखको सहयोगमा जडान गरिएका उचचस्तरका सिसि क्यामेराबाट कैद हुने दृश्यहरु मोबाइलबाटै अवलोकन गर्न सक्ने गरी व्यवस्था मिलाइएकोले प्रमुखलाई कन्ट्रोल रुममा गइरहनु नपर्ने हुँदा निगरानी अत्यन्तै प्रभावकारी र परिणामुखी हुने बताइएको छ । यसरी जडान गरिएका सिसि क्यामेराहरु नाइट भिजन भएको र बत्ती नभएको अवस्थामा पनि सोलार हाइब्रिड युपिएसको व्यवस्था गरिएको हुँदा निरन्तर काम गरिरहने जडान कार्यमा संलग्न आईसिटी प्राविधिक तथा कम्प्युटर एसोसिएसन महासंघ नेपाल बर्दियाका सभापति परिषद्का अध्यक्ष प्रशान्त टण्डन क्षेत्री बताउनुहुन्छ ।

 
चोकचोकमा सिसि क्यामेरा जडान गरिएपछि गलत मानसिकता भएका व्यक्तिहरुले सजगता अपनाउने र अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने कुरा स्थानीय व्यवसायी डोलराज सिग्देल बताउनुहुन्छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बर्दियाले विधिविज्ञान प्रयोगशालामा मात्रै भएको प्रविधि जिल्ला बाहिर पहिलोपटक प्रयोगमा ल्याएको छ । जस अन्तर्गत अपराधीहरु पत्ता लगाउने कार्यमा निकै प्रभावकारी प्रमाण मानिएको फिङ्गर प्रिन्टको रेकर्ड राख्न शुरु गरिएको छ । अटोमेटिक फिङ्गर प्रिन्ट आइडेन्टीफिकेसन सिस्टम (एएफआईएस) को प्रयोग गरी फिङ्गर प्रिन्टहरुको रेकर्ड राख्ने गरिएको छ । मापसे लगातयका कुनै पनि कारवाहीमा परेर ल्याइएका व्यक्तिहरुको फिङ्गर प्रिन्ट राखिने र उनीहरुको कुनै पनि अन्य आपराधिक घटनाहरुमा सहभागिता भए वा नभएको पहिचान गर्नका लागि ती प्रिन्टहरु सहयोगी हुने कुरा प्रहरी उपरीक्षक बोहराले बताउनुभयो ।


यसैगरी जिल्लामा प्रहरीबीच समन्वय तथा कुनै पनि अप्रेसन वा अन्य अध्ययन अनुसन्धानका लगि सहज होस् भन्ने उद्देश्यका साथ जिल्लाभरी रहेका प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको भौगोलिक अवस्थिति झल्किने गरी जिपिएस मापन बमोजिमको मोडल नक्सा बनाइएको छ । जुन नक्शाले भोलिका दिनमा कुनै पनि क्षेत्रमा घट्ने वा घट्न सक्ने घटनाहरुमा प्रहरी परिचालन तथा योजना निर्माणमा सघाउ पुग्ने कुरा प्रहरी उपरीक्षक बोहराले बताउनुभयो ।  


जिल्ला प्रहरी कार्यालयले शुरु गरेको यस प्रकारको आन्तरिक व्यवस्थापन तथा अत्याधुनिक निगरानी सेवाका कारण आपराधिक गतिविधी नियन्त्रण हुन गई जिल्लामा शान्ति सुरक्षा कायम राख्न मद्दत पुग्ने कुरामा स्थानीय जनताहरु आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट