२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘आदिपुरुष’ ढिलो प्रदर्शन हुँदा दर्शकले गरे सिनेमा हलमा तोडफोड

२०८०, २ असार शनिबार ११:५५

असार २, एजेन्सी | अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ । भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् । दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् । तोडफोड गर्नेहरु प्रभासका फ्यान भएको बताइएको छ ।

तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा केही प्राविधिक कारणले फिल्म समयमा रिलिज नभई ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए । यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ