प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक सेती सप्लायर्स ‘ए’ हात पारेको छ । बुधबार उपाधिका लागि सिवाईसि क्लव अत्तरीया र स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक सेती सप्लायर्स ‘ए’ हात पारेको छ । बुधबार उपाधिका लागि सिवाईसि क्लव अत्तरीया र स"/>

2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबलमा सेती सप्लायर्स ‘ए’ बिजयी

प्रकाश बम | असोज १३, दिपायल | प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक सेती सप्लायर्स ‘ए’ हात पारेको छ । बुधबार उपाधिका लागि सिवाईसि क्लव अत्तरीया र सेती सप्लायर्स ‘ए’ विच प्रतिस्पर्धा भएको हो । 

निर्धारित समयमा सेती सप्लायर्स ‘ए’ र सिवाईसि क्लव अत्तरीयाको खेल वराबरीमा सकिएको थियो । थपिएको २० मिनेटको समयमा सेती सप्लायर्स ‘ए’ ले एक गोल गरेर उपाधि जितेको हो । उपाधि जिते सँगै  सेती सप्लायर्स ‘ए’ ले १ लाख नगद सहित ट्रफि, प्रमाण र त्यस्तै दोस्रो स्थान ओगट्न सफल सिवाईसि क्लव अत्तरीयाले ५० हजार नगद सहित ट्रफि, प्रमाण प्रदान गरीएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, बढी गोलकर्ता, उत्कृष्ठ रक्षक, उत्कृष्ठ गोलरक्षक र उदयीमान खेलाडीलाई पनि जनही तिन÷तिन हजारका दरले पुरस्कार समेत प्रदान गरीएको थियो ।

दिपायलको राजपुरमा भर्खरै निर्माण सम्पन्न भएको ‘खप्तड रंगशाला’ भएको प्रतियोगितामा कैलाली, कंचनपुर र डडेल्धुरा सहित १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सिलास्थान यूबा क्लब सिलगढी, जनचेतना बिकास केन्द्र गोपघाट, सुजंग उच्च माध्यामिक बिद्यालय राजपुर‘ए’ सुजंग उच्च माध्यामिक बिद्यालय राजपुर ‘बि’ सि वाई सि यूबा क्लब अत्तरिया, सेती सप्लायर्स ‘ए’, सेती सप्लायर्स ‘बि’ , बडा हबेली राजपुर, मिलन यूबा क्लब डडेल्धुरा र सुदूरपश्चिम फुटबल एकेडेमी कंचनपुरका टिमहरुको सहभागिता रहेको थियो ।  

असोज ३ गते देखि संचालन प्रदेश नम्बर ७ स्तरिय खुल्ला फुटबल प्रतियोगिता डोटी उद्योग बाणिज्य संघ र दिपायल स्थित सेती सप्लायर्सको संयूक्त आयोजनामा संचालन गरीएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई