सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक रा"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

ट्राफिक राजस्व र कारबाहीमा वृद्धि

१३ आश्विन २०७३, बिहीबार ०४:३३

सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक राजस्व बढ्दै गएको देखिएको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने र लापरबाहि गरि सवारी साधन चलाउने प्रबृती बढेपछी राजस्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देबिस्थान प्युठानले जानकारी दिएको छ। नियमित चेकजांचको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित्ता दिन थालेपछी ट्राफिक नियम उल्लङघन गर्नेको संख्यामा वृद्धि भएको देखिएको हो।

यो तीन बर्षको अबधिमा नियमविपरीत सवारी साधन चलाए बापत कारबाहीस्वरूप ५७ लाख ३२ हजार ९ सय ५० रुपैयां राजस्व संकलन भएको ट्राफिक  प्रमुख प्रहरी नायब निरिक्षक पुष्प बहादुर कडायतले जानकारी दिए। झन्डै १९  हजार सवारीसाधन कारबाहिमा परेको कडायतले जानकारी दिए।  जिल्ला ट्राफिक कार्यालयले  आव ०७०-७१ मा  १३ लाख ८० हजार ६ सय ५० र आव ०७१-७२ मा १६ लाख ३८ हजार  ९ सय रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार आर्थिक बर्ष ०७२-७३ मा सबै भन्दा बढि २१ लाख १० हजार ४ सय रुपैया राजस्व असुली भएको छ।चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्र ६ लाख ३ हजार राजस्व संकलन भएको कार्यालयको तथ्याङमा उल्लेख छ।

कडायतले सवारी नियमविपरीत सवारी चलाउने चालकलाई गरिने कारबाही संख्यामा पनि वृद्वि भएको बताए । आव ०७०-७१ मा ५  हजार ९ सय जनालाई कारबाही गरिएकामा आव ०७१-७२ मा ६ हजार ३ सय ५० जनालाई कारबाही गरिएको थियो।त्यस्तै आर्थिक बर्ष ०७२-७३ मा कारबाहिको संख्या आंशिक रुपमा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक कडायतले जानकारी दिए ।गत आर्थिक बर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने  ६ हजार ५ सय सवारीसाधन कारबाहिमा परेका थिय।

धेरै जसो मोट्ररसाइकल कारबाहिमा परेका छन। धेरै युवाले नियम उल्लङ्घन गर्ने र लापरबाहिका कारण मोटरसाइकल कारबाहिमा पर्ने गरेको छ।जिल्लामा मापासे गरि सवारी चलाउनेलाइ ट्राफिक नियम अनुसार लाइसेन्स प्वाल पार्ने कार्यक्रम छ।कार्यालयले भन्यो।ट्राफिक कारबाही बापत जेठ १ गते देखि कायम गरिएको नया ट्राफिक दस्तुर जिल्लामा समेत लागू गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब निरीक्षक कडायतले भने, ‘हामीसँग भएका सिमित साधनस्रोतको प्रयोग गर्दै कार्यसम्पादन गरिरहेका छाँै, विभिन्न चुनौतीको सामना गर्दै ट्राफिक प्रहरी आप्mनो जिम्मेवारी पूरा गर्न कटिबद्व छ ।’

चाडपर्वका वेला सडक दुर्घटना बढी हुने तर्फ ध्यान राख्दै ट्राफिक  चेेकजांचलाइ तिब्रता दिएको उनले बताए।चाडबाडका वेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र सवारी साधनले क्षमताभन्दा बढी यात्रु बसाउनाले सवारी दुर्घटना हुने गरेको उनले दाबी गरे । उनले चाडबाडका वेला सतर्कता अपनाउँदै चेकजाँचलाई तीव्रता दिँदै आएको बताए । ‘चाडबाड नजिकिँदै गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसतर्फ संवेदनशील हुँदै चेकजाँच तथा अनुगमनलाई तीव्रता दिने गरेका छौँ,’ उनले भने ।

जिल्लामा दुर्घट्ना न्युनिकरण र यात्रुहरुको सुरक्षित यात्राका लागि ट्राफिक नियम समबन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी जवान चन्द्र नगरकोटिले बताए।सवारी चालक तथा सहचालक, बिध्यार्थीहरुलाइ स्कुल स्कुलमा पुगी ट्राफिक नियमका बारेमा जानकारी गराइएको उनको भनाइ छ।सडकसंग समन्वय गरि ट्राफिक संकेत राखिएको उनले बताए। हाल जिल्लाका देबिस्थान, सदरमुकाम खलङ्गा,बाग्दुला, बिजुवार भिङ्ग्री र दरभान क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरिएको नगरकोटिले जनाए।अहिले जिल्लामा नौ जना ट्राफिक दरबन्दी रहेकोमा दुई जना करार सहित ११ जना कार्यरत रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान