2026-06-28 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पूर्वतर्फ किन ढल्किरहेको छ पृथ्वी ? वैज्ञानिकको अनौठो खुलासा

एजेन्सी | सन् १९९३ देखि २०१० बीचको १७ वर्षको अवधिमा पृथ्वी करीब ८० सेन्टिमिटर पूर्वतर्फ झुकेको छ । यसले पृथ्वीको जलवायुमा परिवर्तन आउनस सक्ने शोधकर्ताहरुले बताएका छन् । आखिर पृथ्वीका किन यसरी पूर्वतर्फ ढल्किरहेको छ त ?

जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित एक शोध अनुसार भूमिगत पानीको अत्यधिक दोहनका कारण पृथ्वी नै ढल्किने यस्तो भयानक परिवर्तन देखा परेको हो । यसले भविष्यमा व्यापक प्रभाव पार्नसक्ने अनुमान गरिएको छ।

भूमिगत पानीको पम्पिङले पानीको ठूलो हिस्साको ठाउँलाई नै परिवर्तन गरिदिएको छ । सोही कारण सन् १९९३ देखि २०१० को बीचमा पृथ्वी ८० सेन्टिमिटरले पूर्वतर्फ ढल्किएको छ ।

उक्त शोध अनुसार पश्चिमी उत्तरी अमेरिका र उत्तर पश्चिमी भारतमा सबैभन्दा धेरै पानीको पुनर्वितरण भएको छ । वैज्ञानिकहरुले यसअघि अनुमान लगाएका थिए कि मानिसले २१५० गिगाटन भूमिगत पानीको दोहन गरेको छ जुन सन् १९९३ देखि २०१० सम्म समुद्रको जलस्तरमा ६ मिलिमिटर भन्दा अधिक वृद्धिको बराबर हो ।

उक्त शोधको नेतृत्व गर्ने दक्षिण कोरियास्थित सोल नेसनल युनिभर्सिटीका शोधकर्ता की भियोन सेओका अनुसार पृथ्वीको निरन्तर घुमिरहेको ध्रवीय क्षेत्र वास्तवमा परिवर्तनको ठूलो बाहकको रुपमा रहेको हुन्छ। जलवायुसँग सम्बन्धित कारणमा भूमिगत जलको दोहन र पुनर्वितरणले घुमिरहने उक्त ध्रुवीय क्षेत्रको झुकावमा सबैभन्दा धेरै असर पार्दछ।

शोधकर्ताहरुका अनुसार पानीले पृथ्वीको घुम्ने क्रमलाई नै बदल्ने सक्ने तथ्य सन् २०१६ मै पत्ता लागेको थियो। पछिल्लो अध्ययनले चाहीँ केवल सतहको पानी मात्र नभएर भूमिगत पानीले पनि पृथ्वीको घुम्ने क्रममा ठूलो प्रभाव पार्नसक्ने तथ्य फेला परेको हो।

पृथ्वीको झुकाव कसरी भयो ?

नयाँ अनुसन्धानमा पृथ्वीको झुकाव तथा पानीको सञ्चारबीचको सम्बन्धको अध्ययन गरिएको थियो । सुरुमा केवल हिमनदीहरु र पछि भूमिगत जलको पुनर्वितरणलाई फरक कोणबाट संयोजन गरेर विश्लेषण गरियो। त्यसक्रममा शोधकर्ताहरुले घुमिरहने ध्रुवीय क्षेत्र सामान्यरुपमा करीब एकवर्ष भित्र केही मिटरसम्मै परिवर्तन हुनसक्ने तथ्य पत्ता लगाए ।

त्यसैले भूमिगत जलको पम्पिङका हुने हुने यस्तो परिवर्तनले तत्कालै मौसममा बदलाव आउने जोखिम नरहने भएपनि भूगर्भीय समयको हिसाबमा ध्रुवीय झुकावले जलवायु परिवर्तनमा प्रभाव पार्नसक्ने शोधकर्ताहरु बताउँछन्।

अमेरिकी अन्तरीक्ष संस्था नासाको जेट प्रोपल्सन ल्याबका एकजना शोध वैज्ञानिक सुरेन्द्र अधिकारीका अनुसार यो निकै महत्वपूर्ण अनुसन्धान हो।

अधिकारीले ध्रुवीय क्षेत्रको घुम्ने झुकावमा परिवर्तन ल्याउने जल पुनर्वितरणका बारेमा सन् २०१६ मै एक शोधपत्र प्रकाशित गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी