महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक"/>
2026-09-19 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरार अभियुक्तलाई हथकडी लाउँदै प्रहरी

महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ ।
 हप्तादिन भित्रमा प्रहरीले एक दर्जन भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीले बुधबार विभिन्न स्थानबाट १० फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये सार्वजानिक अपराध  अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का  अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो ।

  त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले  नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो । प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्धामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो