२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

२०७३, १३ आश्विन बिहीबार ०७:४२

असोज १३, रोल्पा । जिल्लाका केही विद्यालयमा अझै पाठ्यपुस्तकको अभाव खड्किरहेको छ । 

शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दासम्म पनि विद्यार्थीले पुस्तक हेरेर पढ्न पढाउन नपाएको यहाँका शिक्षक र विद्यार्थीको गुनासो छ । 

सदरमुकामकै बाल कल्याण उच्च माविमा समेत कक्षा ९ को भूगोल र कम्प्युटर विषयको एउटा पनि किताव छैन भने अरु विद्यालयको अवस्था के होला ? प्राचार्य मधुसूदन पोख्रेलले गुनासो गर्नुभयो । 

“जिल्ला शिक्षा कार्यालय र पुस्तक पसलको गैरजिम्मेवारीपूर्ण कार्य हो यो उहाँले आक्रोश थियोे । म स्वयम्ले दशौँ पटक जिल्ला शिक्षा अधिकारीसँग यस विषयमा गुनासो राखिसकँे तर गुनासो गुनासोमै सीमित छ । विद्यार्थीले पाठ्यपुस्तक नपाएको विरोधमा गत असारमा ¥याली निकालेर बजार परिक्रमा गर्दा पनि कहीँ कतैबाट सुनुवाइ भएन” – प्राचार्य पोख्रेलले भन्नुभयो । 

यस्तै घोडागाउँस्थित रामेश्वरी माविमा कक्षा ९ र १० को कृषि र भूगोल विषयका केही सङ्ख्याका विषयका पाठ्यपुस्तक अपुग भएको विद्यालयका शिक्षक युवराज सुवेदीले जानकारी दिनुभयो । 

खुमेलस्थित इन्द्रेश्वरी माविमा भूगोल विषयको कक्षा ९ को पाठ्यपुस्तक अपुग भएपछि केही पुराना तथा केही नयाँ पुस्तक खरिद गरी गुजारा चलाइएको प्रअ रामचन्द्र आचार्यले जानकारी दिनुभयो । 

यस्तै तेबाङ माविका प्रअ विष्णुभक्त आचार्यका अनुसार कक्षा ९ को भूगोल जिल्लामै नआएपछि कक्षा १० मा गएका विद्यार्थीको पुरानो पुस्तक सङ्कलन गरी काम चलाइएको छ । 

खुंग्रीस्थित त्रिपुरेश्वरी माविका प्रअ अर्जुनबहादुर सिंहका अनुसार एकजना छात्र अलि ढिला विद्यालयमा भर्ना भएको हुँदा उनले आजसम्म पनि एउटै पुस्तक किनेर पढ्न पाएका छैनन् । 

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले भने आफूहरुले गर्नुपर्ने समन्वय र रकम निकासा समयमै गरेको बताउनुभयो। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन