२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चर्को लागत अशुली मलेसिया पुर्याईएका १४ नेपालीलाई मलेसिया स्थित कम्पनीद्वारा नेपाल फिर्ता

२०८०, ६ असार बुधबार ०८:५६

अनिल अधिकारी । असार ६, काठमाडौँ । ओभरटाइम सहित मासिक दुई हजार २६२ मलेसियन रिंगेट तलब हुने सम्झौतामा मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. कम्पनीमा रोजगारमा गएका युवाहरु सम्झौता अवधि अगावै नेपाल फर्काइएका छन् । नेपाल फर्काइएका १४ जना युवालाई सम्बन्धित कम्पनीले नयाँ सम्झौता अनुसार काम गर्न नमानेपछि कारवाही स्वरूप नेपाल फर्काएको पाइएको छ । 


आठ महिना अघि मलेसिया रोजगारमा पुगेका पीडितहरुलाई बिभिन्न म्यानपावर कम्पनीले धेरै कमाई हुने आस्वासनमा चर्को लागत अशुलेर पठाएको तर गएपछि रोजगारदाता कम्पनीले सुरुमा २०६२ रिंगेट तलब दिने सम्झौतामा अर्को कागजात गराएर त्यसपछि पनि पछिल्लो समय ओभरटाइमको ग्यारेन्टी नगरेपछि नेपालीहरुले बिरोध गरेका थिए । यस क्रममा नेतावाजी गरेको भन्दै १४ जना नेपालीलाई सजायस्वरूप नेपाल फर्काएको पाइएको हो । 


नेपाल फिर्ता गराइएका नेपालीहरुलाई मलेसिया जान समेत ब्याण्ड हुने गरि नेपाल फर्काइएको पीडितहरुले गुनाशो गरेका छन् । नेपाल फर्किएका एक पीडितले साझा सबाल मिडियालाई दुखेसो गर्दै भने 'हामीले हाम्रो अधिकार मागेको हो । साथै त्यो कम्पनीमा काम गर्ने झन्डै तीन सय नेपाली कामदारले पाउने अधिकार मागेको हो । सबै नेपाली दाजुभाईले त्यो कम्पनीमा जाँदा ३ लाख भन्दा बढी म्यानपावर कम्पनीलाई बुझाएर गएका छन् । तर गएपछि यो र त्यो बहाना बनाएर सम्झौता परिवर्तन गरि श्रमिकमाथि खेलवाड गरिरहेका छन् ।' पीडित युवाका अनुसार बिभिन्न म्यानपावर कम्पनिले राम्रो कमाई हुने प्रलोभनमा चर्को लागत अशुलेका छन् । अहिले पनि सोहि कम्पनीमा केहि म्यानपावर कम्पनिबाट डिमाण्ड आएको र उस्तै प्रलोभनमा कामदार पठाउने प्रक्रिया कायमै रहेको पीडितहरुले बताएका छन् ।

कम्पनीको कारवाहीमा परि नेपाल फिर्ता भएका पिडीतहरुको विषयलाई लिएर सम्बन्धित म्यानपावर कम्पनीहरुसंग कुरा गर्दा कम्पनीले समस्या खडा गरेको स्वीकारेका छन् । म्यानपावरहरुका अनुसार कम्पनीले सम्झौता अवधि नसकिदै अर्को सम्झौता गर्न खोजेको कारण पीडितहरुले बिरोध गरेका थिए । पीडितहरुले आफ्नो समस्या मलेसिया स्थित नेपाली दुतावासमा समेत राखेका थिए । 

वैदेशिक रोजगारको क्रममा आफूलाई दिने भनि सम्झौता भए अनुसार सेवा सुविधा नदिने मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. ले अरु कामदारलाई उचालेको, नेतागिरी र ग्रुपिङ गरेको भन्दै नेपालीलाई स्वदेश फिर्ता गरेको पीडितहरुको गुनाशो छ । पछिल्लो समय नेपालबाट बिभिन्न म्यानपावर कम्पनीले बिचौलियाहरुबाट डिमाण्ड किनेर ल्याउने र चर्को लागत अशुली गर्न ओभरटाइमको समेत ग्यारेन्टी गरि प्रलोभन देखाई चर्को लागत अशुल्ने प्रवृति बढेको छ । यसरी प्रलोभनमा पारेर पठाइएका कयौं नेपालीहरुले सम्झौता अनुसार काम र तलब नपाएको गुनाशो गर्दै आएका छन् । 

नेपाल सरकारले श्रम स्वीकृति दिए अनुसार बेसिक तलब १५०० भनिए पनि पीडितहरुका अनुसार म्यानपावरले मासिक कम्तिमा ६०/७० हजार कमाई हुने ग्यारेन्टी गरेरनै उक्त कम्पनीमा पठाएको बताएका छन् । पछिल्लो समय कम्पनीले हस्ताक्षर गराउन लगाए अनुसार हुँदा १७/१८०० रिंगेट पनि कमाई हुने अवस्था नरहेको पीडितहरुको गुनाशो छ । सम्बन्धित कम्पनीले कम्पनीले उसको बिरोध गर्दा कारवाही गर्छ भन्ने देखाउन छानी-छानी केहि नेपालीलाई नेपाल पठाएको र त्यहाँ कार्यरत अरु नेपालीलाई अधिकारको लागि बोल्न दवाउने काम गरेको पीडितहरुले बताएका छन् । उनिहरुका अनुसार आफूहरुले बिरोध गरेको कारण उक्त कम्पनीले अरु नेपालीहरुलाई पछिल्लो सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएको छैन । 

नेपाल फर्काइएका १४ जना नेपाली युवाहरु मंगलबार वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगेका थिए । बिभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मेलमिलाप केन्द्रमा पठाएर समस्या समाधानको प्रयास गर्न र मेलमिलाप नभए बिभागको उजुरी प्रक्रियामा आउन सुझाव दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो