2026-09-07 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सहारा मरुभूमिमा बन्यो संसारकै ठूलो सोलार प्लान्ट

एजेन्सी | मोरक्कोले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट निर्माण गरेको छ । यो प्लान्टले ठूलो मात्रामा सौर्यउर्जाको बिजुली उत्पादन गर्नेछ जसले जिवाश्म इन्धन तथा कोइलामाथिको मोरक्कोको निर्भरता हटाउने बताइएको छ । साथै यो प्लान्टले सूर्यको प्रकाश नपरेको बेलामा पनि बिजुली उत्पादन गर्ने बताइएको छ ।

उर्जा उत्पादनको मामिलामा मोरक्को संसारको शक्ति राष्ट्र बन्न चाहन्छ । नविकरणीय उर्जा उत्पादनमा विश्वमै अग्रणी बन्ने उसको चाहना छ । हाल पूर्णरुपमा निर्माण भैसकेको यो सोलार प्लान्टले मोरक्कोमा खपत हुने ३५ प्रतिशत नविकरणीय उर्जा उत्पादन गर्नेछ ।

यो सोलार फार्म सहारा मरुभूमिमा छ जुन ३ हजार एक्कड क्षेत्रफलमा फैलिएको छ । यो प्लान्ट ३५ सय वटा फुटबल मैदान जत्तिकै ठूलो छ ।

यसबाट ५ सय ८० मेगावाट बिजुली उत्पादन हुनेछ, यो सँगै उक्त प्लान्ट विश्वमै सर्वाधिक बिजुली उत्पादन गर्ने सोलार प्लान्ट बन्नेछ।  सो सोलार प्लान्टको नाम The Noor-Ouarzazate complex हो।

विश्व बैंकका अनुसार मोरक्कोले आफ्नो देशमा खपत हुने उर्जाको ९७ प्रतिशत आयातित काइला, पेट्रोल तथा डिजेलबाट पूर्ति गर्दै आएको छ । यो परियोजनाले भविष्यमा कोइला, पेट्रोल तथा डिजेलको प्रयोगलाई घटनाउने छ।

५ सय ८० मेगावाट बिजुली सौर्यउर्जाबाट उत्पादन भएसँगै ७ लाख ६० हजार टन कार्बन उत्सर्जन पनि कम हुनेछ ।

अर्थात् जिवाश्म इन्धनको प्रयोगबाट हुने लाखौँ टन कार्बन उत्सर्जन कटौती हुँदा त्यसले प्रदूषण कम गर्न सहयोग पुग्नेछ। जुन जलवायु परिवर्तन विरुद्धको लडाइँमा पनि महत्वपूर्ण हुने बताइएको छ।

सहारा मरुभूमिमा मोरक्कोले तयार गरेको यो सोलार प्लान्ट अन्य परम्परागत सोलार प्लान्टभन्दा निकै फरक छ। यसले उत्पादित बिजुलीलाई सिधै विद्युत ग्रीडमा पठाउनेछ।

यो सोलार प्लान्टमा रहेका सोलार प्यानलले सूर्यको प्रकाशलाई एक ठाउँमा जम्मा गर्दछन् जसले उच्च तापक्रम पैदा हुन्छ। सो तापले प्यानलको तलपट्टि राखिएका पाइपमा भरिएको तलर नुनलाई तातो बनाउँछ।

उक्त नुनिलो तरल पदार्थ वाफ बनेर टबाइनतिर जान्छ। बाफको दबाबले टर्बाइन तिव्र गतिमा घुम्दछ, जसबाट बिजुली पैदा हुन्छ। सूर्य अस्ताएपछि पनि तातो भैरहेको सोही नुनिलो तरलका कारण बिजुली उत्पादन भैरहेको हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार