३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मोदीले जिल बाइडेनलाई उपहारमा दिए प्रयोगशालामा बनेको हिरा

७ असार २०८०, बिहीबार १०:३८

असार ७, काठमाडौँ | अमेरिकाको तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँकी प्रथम महिला जिल बाइडेनलाई प्रयोगशालामा बनेको हीरा उपहार दिएका छन् । यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले बुधवार राती ह्वाइट हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रात्रि भोजको आयोजना गरेका थिए । यस क्रममा तीनजनाबीच धेरै विषयमा छलफल भयो र उपहार आदानप्रदान पनि भएको थियो ।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो हीराको तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘भारतको हीरा । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाकी प्रथम महिलालाई पर्यावरणमैत्री तथा प्रयोगशालामा बनेको यो सुन्दर हीरा उपहार दिएका छन् ।’

यो हीरा वातावरणमैत्री भएकाले यसलाई बनाउन सौर्य र वायु ऊर्जाको प्रयोग गरिएको छ ।

यो हीरा बनाउने क्रममा प्रति क्यारेट ०.०२८ ग्राम मात्रै कार्बन उत्सर्जन हुन्छ । यो अन्तर्राष्ट्रिय जेमोलोजिकल इन्स्टिच्युट (आइजीआई) द्वारा प्रमाणित पनि छ ।

भारतले लामो समयदेखि प्रयोगशालामा उत्पादन हुने हीराको प्रचार गर्दै आएको छ । यसका लागि केन्द्र सरकारले गत बजेटमा केही घोषणा पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट