२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ७० बर्ष भन्दा बढी उमेरका बृद्धालाई सम्मान

९ आश्विन २०७२, शनिबार १३:२७

असोज ९, मकवानपुर । मकवानपुरको आमभञ्ज्याङ्गमा ७० बर्ष भन्दा बढी उमेरका तीन बृद्धालाई सम्मान
गरिएको छ । स्वरोजगार साना किसान कृषि सहकारी संस्था आमभञ्ज्याङ्गले पाँचौ बार्षिक साधारण सभामा
आज(शनिवार) जेष्ठ सदस्यहरुलाई सम्मानित गरेको हो ।

आमभञ्ज्याङ्गका नन्दकुमारी रेग्मी, सन्तमायाँ थिङ्ग र तुलाकुमारी ढुङ्गानालाई दोसल्ला ओडाएर
नगद र उपहारसहित मकवानपुर क्षेत्र नम्बर २ का साँसद सुवासचन्द्र ठकुरीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा साँसद ठकुरीको प्रमुख आतिथ्य तथा साना किसान बैँक ईलाका कार्यालय हेटौँडाकी प्रमुख
कृष्णकुमारी शर्माको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रम सहकारीकी अध्यक्ष सुन्तलीमायाँ पुडाशैनीको
सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष पुडाशैनीले प्रगति प्रतिबेदन, प्रबन्धक गोमा लामाले
आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक धनकुमारी खड्काले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो

कार्यक्रममा नेकपा एमाले, आमभञ्ज्याङ्गका अध्यक्ष टिकाप्रसाद
दाहाल, ग्रामिण महिला सेवा केन्द्रकी पूर्व अध्यक्ष भगवती पुडाशैनी, नव चेतनशील समाजका अध्यक्ष अशोक
सुजन श्रेष्ठ, महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष निर्मला न्यौपाने, नमुना
सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष शम्भु हुमागाँई लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ