असोज १३, काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा "/>
१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता

१३ आश्विन २०७३, बिहीबार १०:३३

असोज १३, काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा विचाराधीन थियो । 

त्यसैगरी बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ । 

बैठकले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसद्मा पठाउने निर्णयसमेत गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । 

न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राखेका थिए । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि पठाएको थियो । 

लामो समयदेखि डा गोविन्द केसीले उठाएका चार मागमध्येको एउटा माग सरकारले पूरा गरेको छ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारको चार बुँदे माग राख्दै डा. केसी यही असोज १० गतेदेखि नवौँ आमरण अनशनमा बसिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी