३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इटालियन फुटबलमा ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध

१३ असार २०८०, बुधबार ०५:५३

एजेन्सी | इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय टोलीदेखि कुनै पनि तहको फुटबलमा अब खेलाडीले ८८ नम्बरको जर्सी लगाउन नपाउने भएका हुन् ।  ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइएको छ । इटालीको सरकारका प्रतिनिधि र इटालियन फुटबल संघले मंगलबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

८८ नम्बरको जर्सी लगाउने समर्थकलाई समेत रंगशाला प्रवेशमा रोक लगाइने भएको छ । यसअघि विभिन्न खेलका क्रममा समर्थकहरु पनि ८८ नम्बरको जर्सी लगाएर रंगशाला प्रवेश गर्ने गरेका थिए । गत मार्चमा लाजियोका एक समर्थक ८८ नम्बरको जर्सी लगाएर रंगशाला पुगेका थिए । त्यो खेलमा लाजियोले रोमालाई हराएको थियो । यस्तै कार्य लाजियोका अन्य दुई समर्थकले पनि गरेका थिए । लाजियोका ती तीनजना समर्थकलाई आजीवन स्टाडियो ओलम्पिको रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट