2026-10-24 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्समा रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी तैनाथ

असार १६, एजेन्सी | रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ ।

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताए ।

अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रवारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ  । 

फ्रान्सको राजधानी पेरिसमा गएको मङ्गलवार गोली हानेर मारिएका १७ वर्षीय नाहेल एमको मृत्युलाई लिएर देशभर विरोध प्रदर्शन भइरहेका बेला फ्रान्समा बिहीवार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो ।

नाहेल एमलाई मङ्गलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेका थिए । किशोर हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ ।

किशोरीको सम्झनामा निकालिएको र्‍याली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ । सो घटनाको आशङ्कामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । 

सीएनएनले बीएफएमटीभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिशबाजी गरेको जनाएको छ । 

फ्रान्समा मङ्गलवार अशान्ति भड्किएको र नान्तेरेमा प्रहरीले आवागमन रोकेको केही घण्टापछि नाहेलको हत्या भएको थियो र त्यसको विरोधमा ४० वटा कारहरू जलाइएको थियो भने २४ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने