२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

ईलाका प्रशासनले तिन महिनामा नौ सय नागरिकता वितरण ग¥यो

१४ आश्विन २०७३, शुक्रबार ०४:५५

असोज १४ डडेल्धुरा –  डडेल्धुराको आधा जनसख्यां रहेको भित्रि मधेश क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालय जोगबुढाले नाँै सय नागरिकता वितरण गरेको छ । ईलाका प्रशासन राखिएको तिन महिनाको अवधीमा नौँ सय जनालाई  नागरिकताको सेवा प्रदान गरेको ईलाका प्रशासन कार्यालय जोगवुढाका ईलाका प्रशासन प्रमुख दत्तुराम पाण्डेयले वताउनु भयो । ईलाका हुनु भन्दा पहिला जोगवुढाका नागरिकहरु नागरिकता लिन दुई दिन लगाई जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने समस्या ईलाका प्रशसनले हटाएको जोगवुढाका सर्वसाधारणको भनाई छ । उमेर धेरै विति सक्दा पनि लामो दुरी र आर्थिक समस्याका कारण नागरिकता नलिएका मानिसले पनि ईलाका प्रशासन आए पछि नागरिकता लिएको परशुराम नगरपालिका लालढुङ्गाका समाजसेवी कैलाश कुमार पाण्डोयले वताउनु भयो ।

ईलाका प्रशासन आएको तिन महिनामा नै आम नागरिकहरुले नियमित वा पहिलो पटक नागरिकता लिने ६ शय ५ र प्रतिलिपि बनाउने ३ शय जनाको नागरिकताको सेवा पाएको प्रशासन प्रमुख पाण्डेयले जानकारी गराउनु भयो । त्यसै गरि ईलाका प्रशासन जोगवुढा वाट ५९ जनाले नियमित राहादानी वनाएका छन । दु्रतगतीमा राहादानी वनाउने ३८ जनाको कागजात बनाई सेवा प्रदान गरिएको ईलाका प्रशासन कार्यालय जोगवुढाले जानकारी गराएको छ ।  तिन  महिनाको अवधीमा प्रत्येक दिन वढीमा ५० जना सम्म सेवाग्राहीलाई सेवाप्रदान गरिएको र आफ्नोकाम काजका लागि ईलाका प्रशासनमा आउने जो सुकैको काम पनि कुनै ढिलो नगरि काम गर्न सवै कर्मचारीलाई  निर्देशन गरेको एवं आफु पनि अहोरात्र  जनताको कामकजमा लागिरहेको ईलाका प्रशासान कार्यालयका प्रमुख पाण्डेयको भनाई छ ।

नागरिकता तथा अन्य प्रशासनिय कामकाजका लागि डडेल्धुरा सदरमुकाम धाउनु पर्ने  तथा सामान्य कागजातका लागि पनि दुई दिन विताउनुका साथै होटेल खाना आवत जावतमा मात्रै तिन÷चारहजार खर्च लाग्ने गथ्र्यो तर आफ्नै स्थनिय स्तरमा ईलाका प्रशासन स्थापना भईदिदा धेरै सजिलो र कम खर्चिलो पनि भएको स्थानिय परशुराम नगरवासी (जोगवुढा) का राजु भट्टले वताउनु भयो ।

परशुराम नगरपालीका भित्रै पनि धेरै वस्तीहरु दुर्गम क्षेत्रमा भए पनि डडेल्धुरा सदरमुकाम पुग्न भन्दा लालढुङ्गामा नै ईलाका प्रशासन हुनु त्यसभेगका लागि खुसीको खबर भएको स्थानिय डम्वर विकले वताउनु भयो ।

स्थानिय स्तरमा सर्वसाधारण जनतालाई सेवा दिन राखिएको ईलाका प्रशासनले सेवाग्राहीलाई धेरै राहात महसुस भएको छ । असार १२ गते स्थापना भएको परशुराम नगरपालिका जोगवुढाको ईलाका प्रशासनले तिन महिनाको अवधीमा नौँ सय नागरिकता  करिब एक सय जति राहादानी लगायत प्रशासनबाट दिईने अन्य सेवाहरुलाई दु्रत गतीमा आगाडी वढाईरहेको ईलाका प्रशासनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो