२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न मुद्दामा फरार आठजना पक्राउ

२०७३, १४ आश्विन शुक्रबार ०५:३५

असोज १४, राजविराज । विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी भीमप्रसाद ढकालले बताउनुभयो । जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षदेखि फरार रहेका जोगिनिया–२ (हाल हनुमाननगर योगिनिमाई नपा–२) बस्ने खुसीलाल मण्डल र मिश्रीलाल मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घरबाटै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले २०५७ माघ १३ गते ६ महिना १८ दिन कैद तोकेको थियो । 

यस्तै, सप्तरीको लालापट्टी–७ बस्ने ६५ वर्षीया साबित्रादेवी खङ्गको हत्या आरोपमा सोही ठाउँका ३० वर्षीया पञ्चदेव खङ्गलाई समेत कर्तव्य ज्यान मार्ने मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बोक्सी मुद्दा आरोपमा फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको इनरुवा–५ का राजाराम मण्डल, रामेश्वर मण्डल, दीपक मण्डल, दुःखी मण्डल र ब्रह्मदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । 


क्याम्पसमा चोरी

यसैबीच, सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार राति चोरी भएको छ । करिब मध्यरातमा पाँच÷छजनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छवटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्याम्पसमा राति दुईजना पाले सुतेपनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा, जेनेरेटर कोठा, कम्प्युटर कोठा र माथिलो तल्लामा रहेको विज्ञान सङ्कायको कोठाको ताला फुटाइएको बताइएको छ । 

ती चोरले क्याम्पसमा ताला फुटाए पनि राति असजिलो भएपछि खासै सामान लान भने नपाएको क्याम्पस प्रमुख मिश्रले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने