२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

वनको सहयोगले टोल–टोलमा ग्राभेल र बिजुली

२०७३, १४ आश्विन शुक्रबार ०५:५६

असोज १४, मोरङ । मोरङको दुर्गम गाविस जाँतेका बासिन्दाले सामुदायिक वनको सहभागितामा बाटाघाटा निर्माण र गाउँमा बिजुलीसमेत ल्याउन सफल भएका छन् । 

सामुदायिक वनको माध्यमबाट गाउँको विकास हुनसक्छ भन्ने थाहा पाएका स्थानीयवासीले सामुदायिक वनबाट हुने आम्दानीको निश्चित प्रतिशत विकास निर्माणमा खर्चिएकाले टोलटोलमा ग्राभेल विद्युत् सडक पुगेका हुन् । वनकै आम्दानीले स्थानीय ठाउँमै दुईवटासम्म उच्च मावि सञ्चालन गरेका छन् ।

 सामुदायिक वनकै मुख्य लगानीमा गाउँमा विद्युत् पु¥याएका छन् । उक्त गाविसमा कुल १५ वटा सामुदायिक वन समूह छन् । इलाका वन कार्यालय जाँतेका सहायक वन अधिकृत नारायण यादव वन उपभोक्ता समितिले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुहुन्छ । 

उहाँले सामुदायिक वनकै कारण आज जाँते गाविसको मुहार फेरिएको बताउनुभयो । 

२०५६ सालमा गठन भएको सदाबहार सामुदायिक वन उपभोक्ता समिति जाँते–८ ले स्थानीयवासीको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी जितबहादुर माझीको भनाइ छ । 

वन समूहका अध्यक्ष विष्णु पौडेलका अनुसार सबै वन समूह मिलेर उपभोक्तालाई १२ वटा समूहमा विभाजन गर्दै प्रत्येक समूहलाई तरकारी खेती र पशुपालनका लागि ४० हजारको दरले सहजरुपमा ऋण उपलब्ध गराउँदै आएको छ । 

अध्यक्ष विष्णु पौडेलका अनुसार प्राप्त आम्दानीको २५ प्रतिशत वनको विकासमा, ३५ प्रतिशत गरिबी निवारण, १० प्रतिशत संस्थागत खर्च र बाँकी ग्रामीण क्षेत्रको विकासमा खर्च गर्दै आएको बताउनुभयो । 

जाँते–९ को वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिले विद्युतीकरण, बाटो निर्माण, गरिबी निवारण र वन व्यवस्थापनमा डेढ करोड बढी रकम लगानी गरेको छ । 

सो गाविसको खोलीटार, गुप्ती, धानखेती बाह्रगोठे, लालझोडा, बेलटार, साम्लिङ तथा जाँते–२ र जाँते–१ का सामुदायिक वन समूहको समेत गाउँको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ