८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

वनको सहयोगले टोल–टोलमा ग्राभेल र बिजुली

१४ आश्विन २०७३, शुक्रबार ०५:५६

असोज १४, मोरङ । मोरङको दुर्गम गाविस जाँतेका बासिन्दाले सामुदायिक वनको सहभागितामा बाटाघाटा निर्माण र गाउँमा बिजुलीसमेत ल्याउन सफल भएका छन् । 

सामुदायिक वनको माध्यमबाट गाउँको विकास हुनसक्छ भन्ने थाहा पाएका स्थानीयवासीले सामुदायिक वनबाट हुने आम्दानीको निश्चित प्रतिशत विकास निर्माणमा खर्चिएकाले टोलटोलमा ग्राभेल विद्युत् सडक पुगेका हुन् । वनकै आम्दानीले स्थानीय ठाउँमै दुईवटासम्म उच्च मावि सञ्चालन गरेका छन् ।

 सामुदायिक वनकै मुख्य लगानीमा गाउँमा विद्युत् पु¥याएका छन् । उक्त गाविसमा कुल १५ वटा सामुदायिक वन समूह छन् । इलाका वन कार्यालय जाँतेका सहायक वन अधिकृत नारायण यादव वन उपभोक्ता समितिले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुहुन्छ । 

उहाँले सामुदायिक वनकै कारण आज जाँते गाविसको मुहार फेरिएको बताउनुभयो । 

२०५६ सालमा गठन भएको सदाबहार सामुदायिक वन उपभोक्ता समिति जाँते–८ ले स्थानीयवासीको आर्थिकस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासी जितबहादुर माझीको भनाइ छ । 

वन समूहका अध्यक्ष विष्णु पौडेलका अनुसार सबै वन समूह मिलेर उपभोक्तालाई १२ वटा समूहमा विभाजन गर्दै प्रत्येक समूहलाई तरकारी खेती र पशुपालनका लागि ४० हजारको दरले सहजरुपमा ऋण उपलब्ध गराउँदै आएको छ । 

अध्यक्ष विष्णु पौडेलका अनुसार प्राप्त आम्दानीको २५ प्रतिशत वनको विकासमा, ३५ प्रतिशत गरिबी निवारण, १० प्रतिशत संस्थागत खर्च र बाँकी ग्रामीण क्षेत्रको विकासमा खर्च गर्दै आएको बताउनुभयो । 

जाँते–९ को वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समितिले विद्युतीकरण, बाटो निर्माण, गरिबी निवारण र वन व्यवस्थापनमा डेढ करोड बढी रकम लगानी गरेको छ । 

सो गाविसको खोलीटार, गुप्ती, धानखेती बाह्रगोठे, लालझोडा, बेलटार, साम्लिङ तथा जाँते–२ र जाँते–१ का सामुदायिक वन समूहको समेत गाउँको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ