३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मेक्सिकोको दक्षिणी राज्यमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

२१ असार २०८०, बिहीबार ०८:०२

असार २१ एजेन्सी | मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस दुर्घटना हुँदा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ नजिकै पहाडी क्षेत्रको ८० फिट अग्लो खाडलमा खसेको थियो।

ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डालेना पेनास्को गाउँ नजिकै उक्त दुर्घटना भएको बताए। मृत्यु हुनेमा १३ पुरुष, १३ महिला र एक वर्षका बालक रहेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।

दुर्घटनाको अनुसन्धान सुरु भइसकेको जिसस रोमेरोले बताए । प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । अल जजिराका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो । यो दुर्घटना भएको सहर पहाडी क्षेत्रमा अवस्थित छ । घुमाउरो सडक र गहिरो खाल्डाहरू छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट