असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उन"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीको अध्यक्षमा जोशी विजयी

१४ आश्विन २०७३, शुक्रबार ०६:१०

असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु नेवारले ३१२ मत प्राप्त गरे भने  अध्यक्षका अर्का उम्मेदवार मानकुमारी गिरीले ५९ मात्रै मत प्राप्त गरिन् ।


 उपाध्यक्षमा रमाकान्त शर्माले ३ सय ९१ मत पाएर विजयी भएका छन् । उनका  निकटतम प्रतिद्धन्दी सरिता देवि भण्डारी सरुले ३ सय४८ मत प्राप्त गरिन् । सचिवमा रविकुमार श्रेष्ठले ३ सय २५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी दिपुवावु गिरीले  २ सय ५७ मत प्राप्त गरे ।  कोषाध्यक्षमा हरिनारायण उपाध्यायले ४ सय ६६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी राम गिरीले भने  २ सय ६८ मत प्राप्त गरे  । सदस्यहरुमा पुरुषतर्फ फुलराज शर्माले ३ सय ९३ र वलराम पाध्याले ३८२ मत ल्याएर विजयी भएका छन् । त्यस्तै महिला तर्फ तुप्ला शाक्यले ४ सय ४० सीता केसीले ३ सय ७२ र वुद्धिकुमारी श्रेष्ठले ३ सय ६८ मत ल्याएर विजयी भएका छन् ।


  पदाधिकारीमा वावुराम प्यानल हावी भएपनि सदस्यमा भने मिश्रित परिणाम आएको छ । निर्वाचनमा ८ सय ३६ जनाले मतदान गरेका थिए । विहान ८ वजेवाट भएको मतदानको क्रम अपरान्ह चार बजे सकिएको थियो । साँझ ६ वजेवाट शुरु गरिएको मतगणना कार्य राती १० वजे मतपरिणमको घोषणा गरिएको थियो । नयाँ कार्यसमितिका लागि चुनावी दौडमा दुई प्यानल रहेका थिए । गिरी एक्लै अध्यक्ष पदमा प्रतिष्पर्धा गरेकी थिइन । कोषाध्यक्ष उम्मेदवार रहेका हरिनारायण पाध्या जागिरे शिक्षक भएका कारण विवाद आएको थियो । उनको विरुद्धमा शिक्षा कार्यालयमा उजुरी समेत परेको छ । नयाँ शिक्षा ऐन कुनै पनि शिक्षक सत्रिए रुपमा अन्य निकायमा लाग्न नहुने उल्लेख गरेको छ ।


निर्वाचना अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले यसबारेमा अदालतले बोल्ने बताए । उनको विरुद्धमा उजुरी परे अदालतलेनै फैसला गर्ने ढकालको भनाई छ । अध्यक्षमा विजय भएका जोशी यस अघि खानेपानी संस्थाकै कोषाध्यक्ष भैसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति