असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उन"/>
2026-06-20 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीको अध्यक्षमा जोशी विजयी

2016-09-30

असोज १४ पर्वत । शिवालय खोनपानीको अध्यक्षमा  विजयी भएका छन् । कुल मत ८ सय ३६ मा ४ सय २५ मत  प्राप्त गरी बाबुराम जोशी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु नेवारले ३१२ मत प्राप्त गरे भने  अध्यक्षका अर्का उम्मेदवार मानकुमारी गिरीले ५९ मात्रै मत प्राप्त गरिन् ।


 उपाध्यक्षमा रमाकान्त शर्माले ३ सय ९१ मत पाएर विजयी भएका छन् । उनका  निकटतम प्रतिद्धन्दी सरिता देवि भण्डारी सरुले ३ सय४८ मत प्राप्त गरिन् । सचिवमा रविकुमार श्रेष्ठले ३ सय २५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी दिपुवावु गिरीले  २ सय ५७ मत प्राप्त गरे ।  कोषाध्यक्षमा हरिनारायण उपाध्यायले ४ सय ६६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी राम गिरीले भने  २ सय ६८ मत प्राप्त गरे  । सदस्यहरुमा पुरुषतर्फ फुलराज शर्माले ३ सय ९३ र वलराम पाध्याले ३८२ मत ल्याएर विजयी भएका छन् । त्यस्तै महिला तर्फ तुप्ला शाक्यले ४ सय ४० सीता केसीले ३ सय ७२ र वुद्धिकुमारी श्रेष्ठले ३ सय ६८ मत ल्याएर विजयी भएका छन् ।


  पदाधिकारीमा वावुराम प्यानल हावी भएपनि सदस्यमा भने मिश्रित परिणाम आएको छ । निर्वाचनमा ८ सय ३६ जनाले मतदान गरेका थिए । विहान ८ वजेवाट भएको मतदानको क्रम अपरान्ह चार बजे सकिएको थियो । साँझ ६ वजेवाट शुरु गरिएको मतगणना कार्य राती १० वजे मतपरिणमको घोषणा गरिएको थियो । नयाँ कार्यसमितिका लागि चुनावी दौडमा दुई प्यानल रहेका थिए । गिरी एक्लै अध्यक्ष पदमा प्रतिष्पर्धा गरेकी थिइन । कोषाध्यक्ष उम्मेदवार रहेका हरिनारायण पाध्या जागिरे शिक्षक भएका कारण विवाद आएको थियो । उनको विरुद्धमा शिक्षा कार्यालयमा उजुरी समेत परेको छ । नयाँ शिक्षा ऐन कुनै पनि शिक्षक सत्रिए रुपमा अन्य निकायमा लाग्न नहुने उल्लेख गरेको छ ।


निर्वाचना अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले यसबारेमा अदालतले बोल्ने बताए । उनको विरुद्धमा उजुरी परे अदालतलेनै फैसला गर्ने ढकालको भनाई छ । अध्यक्षमा विजय भएका जोशी यस अघि खानेपानी संस्थाकै कोषाध्यक्ष भैसकेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल