३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब बेलायती एयरलाइन्सले विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारेपछि..

२६ असार २०८०, मंगलवार ०६:०१

असार २६, एजेन्सी | बेलायती (युके) एयरलाइन्स इजीजेटले स्पेनको लान्जारोट सहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई धेरै भारी' भएको भन्दै विमानबाट ओरालेको एक रिपोर्टले जनाएको छ । 

रिपोर्टका अनुसार, विमान 'धेरै भारी' भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि विमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले अप्ट आउट गर्न भने।

एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । १९ जना यात्रुले आफैँ उडान छोड्ने निर्णय गरे पछि मात्रै विमानले उडान भरेको थियो । 

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठुला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन्। यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वैच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौँ, जुन यस अवसरमा पनि भयो।

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठुलो प्राथमिकता मानिएकाले उनीहरूलाई उतारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट