2026-10-23 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विद्युतीय रिक्साले मनलाग्दी भाडा असुलेको गुनासो

असोज २३, मकवानपुर । भारतले नाकाबन्दी गरेर कष्टकर दैनिकी झेल्न बाध्य सर्वसाधारणसंग
मकवानपुरको हेटौंडामा सञ्चालन भइरहेका विद्युतीय रिक्साहरुले मनलाग्दी भाडा लिन थालेको पाइएको छ
।

इन्धनको अभावमा मोटरसाइकल तथा सार्वजनिक सवारी साधन थन्किएपछि
विद्युतीय रिक्सा चढ्न बाध्य भएका सर्वसाधारणसंग मनलाग्दी भाडा लिने गरेको सर्वत्र गुनासो आएको छ ।
हेटौंडाका विभिन्न कम्पनिका विद्युतीय रिक्साले दश मिनेटको बाटोमा पनि सय रुपिया देखी सय रुपियासम्म
असुल्ने गरेको पीडितहरुले गुनासो गरेका छन् । हेटौंडादेखी पिप्लेसम्म दश मिनेटको बाटोमा सय रुपिया भाडा
तिनुपरेको एक पीडितले गुनासो गर्नुभयो । नाकाबन्दीले सार्वजनिक सवारी चढ्न नपाएको मौका छोपेर मयुरी,
डाँफे, सारथी लगायत विद्युतीय रिक्साले सर्वसाधारणसंग मनलाग्दी भाडा असुल्ने गरेको पाइदा पनि सम्बन्धित
निकायले ध्यान नदिएको पीडितहरुले गुनासो समेत गरेका छन् ।

उचित
भाडादर नहुनु, व्यक्तिी हेरी भाडा लिनुलगायत समस्याले विद्युतीय रिक्सा चढेकाहरु मर्कामा पर्दै आइरहेका
छन् । टेम्पोले दश रुपियामा पु¥याउने ठाउँ पुग्न दुई सय रुपियासम्म तिर्न बाध्य सर्वसाधारणलाई न्याय
हुने गरी भाडा दर निर्धारण गर्न पीडितहरुले माग गरेका छन् । चढ्न सहज हुने तथा छोटो समयमै गन्तव्यमा
पुग्न प्रभावकारी भइरहेको विद्युतीय रिक्सालाई मनलाग्दी भाडा भाडा असुल्नबाट रोक्न सकिए आफूहरुलाई न्याय
हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने