2026-10-24 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु, नर्स बर्खास्त

असार २७, एजेन्सी | असार २७, एजेन्सी | युके एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको छ । 

ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।

नर्सले बिरामीको यौन सम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । जब मेडिकल आपत्कालीन कर्मचारीहरू पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए । 

ती बिरामीको वेल्सको अस्पतालमा डायलिसिसको उपचार भइरहेको थियो । यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण उनको मृत्यु भएको थियो।  

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो । मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाई मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए। तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

नर्सले आफ्नो पेसाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाई पनि हृदयाघात भएको बारेमा जानकारी नदिई लुकाएकी थिइन । उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाई बोलाएका थिए । 

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ३० देखि ४५ मिनेट मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासि कराउन थालेको र मृत्यु भएको बताएकी छिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने