२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गण्डकीमा किसानलाई रासायनिक मल अभाव नहुने

२८ असार २०८०, बिहीबार ०७:३८

असार २८, पोखरा | गण्डकी प्रदेशमा यस वर्ष रासायनिक मल मौज्दात पर्याप्त रहेकाले किसानले अभाव बेहोर्नु नपर्ने कृषि सामग्री कम्पनीले दाबी गरेको छ।

बर्सेनि धानखेतीको समय रासायनिक मल अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी पोखराले यस वर्ष मागेजति दिइने बताएको हो। 

कृषि सामग्री कम्पनी गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ। थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए। 

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले बताए। धान लगाउने समय छिटपुट रुपमा पोटास अभाव देखिए पनि युरिया र डिएपी अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ।

‘तत्काललाई मलको समस्या देखिएको छैन। अब युरिया मल आवश्यक पर्ने समय आउँदै छ’, उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन। अहिलेसम्मलाई समस्या छैन।’ 

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए। यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास ५० टन आवश्यक रहेको उनले बताए।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया ६ सय टन, डिएपी तीन सय टन र पोटास २१ टन आइसकेको छ। सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए। 

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए। उनले भने, ‘सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ। मागअनुुसार दिन नसके पनि चित्त बुझाएको छु।’

मल अभाव हुन नदिन नातावाद र पहँुचका आधारमा नबाढी दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री बिक्रेतालाई दिएको उनले सुनाए। 

गण्डकीमा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन्। जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएका छन्। कृषि सामग्रीले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको कम्पनीका सूचना अधिकारी गोपालजंग गुरुङले जानकारी दिए।

गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै