३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

केन्यामा कर वृद्धिको विरोध प्रदर्शनमा ६ जना मारिए

२८ असार २०८०, बिहीबार ०७:५७

असार २८, एजेन्सी | केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । 

केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र  प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् । 

देशका हिंसात्मक घटना बढेपछि गृहमन्त्री किथुरे किन्डिकीले राज्यमा अशान्ति मच्चाउनेहरूलाई सख्त कारबाही गर्ने चेतावनी दिएका छन् । 'मानिसको अमूल्य जीवन गएको छ, दर्जनौं कानून कार्यान्वयन अधिकारी र नागरिक गम्भीर रूपमा घाइते भएका छन् ।  देशको अर्थतन्त्रमा अकल्पनीय क्षति भएको छ,' विरोध प्रदर्शनका क्रममा भएका व्यापक हिंसा, लुटपाट, निजी र सार्वजनिक सम्पत्तिको क्षतिप्रति निन्दा गर्दै उनले एक विज्ञप्तिमा भनेका छन् । दण्डहीनताको संस्कृति अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

विरोधप्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नैरोबी र आसपासका क्षेत्रबाट प्रदर्शनकारीहरूलाई भगाउन अश्रु ग्यास प्रहार गरेको थियो ।  राजधानीको बाहिरी भागमा रहेको म्लोलोन्गो र किटेनगेला शहरहरूमा पाँच जनाको मृत्यु भएको थियो भने नैरोबीलाई मोम्बासाको बन्दरगाह शहरमा जोड्ने राजमार्गमा आक्रमण गर्ने भीडलाई तितरबितर पार्न अश्रु ग्यास पनि प्रयोग गरिएको थियो, त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।

नैरोबीको काङ्गेमी बस्तीमा दर्जनौं बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । केही अझै बेहोस छन्, उनीहरूको कक्षाकोठा नजिकै अश्रुग्यास प्रहार गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुखले ५३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । 

विपक्षी नेता रैला ओडिङ्गाले सरकारविरुद्ध कर कानुनको विरोध अभियानलाई सशक्त तुल्याउँदै प्रदर्शनमा उत्रन आह्वान गरेका थिए । पूर्वसूचना बिना केन्यामा विरोध प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ । उक्त प्रावधानको अवहेलना गर्दा सुरक्षा निकायले कारबाही गरेका बताइएको छ । प्रहरी प्रमुख जाफेट कोमेले प्रदर्शनकारीलाई तितरबितर गर्न सबै कानूनी उपाय गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट