2026-09-03 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बहराइनमा ४ महिनादेखि कोमामा रहेका एक नेपालीको उद्धार

असार ३०, काठमाडौँ | बहराइनमा ४ महिनादेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्च २०२३ देखि किङ हमाद युनिभर्सिटि हस्पिटलमा उपचाररत रहेका थिए | 

चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा १४ जुलाई (शुक्रबार) का दिन  कुवेत एयरवेजको उडान मार्फत बहराइनबाट नेपाल पठाइएको हो । 

उनको साथमा उक्त हस्पिटलका तर्फबाट मेडिकल इस्कोर्टिङ स्पेसलिस्ट अब्दुल्लाह आमिर साथमा नेपाल पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपालमा बोर्डमार्फत वीर अस्पतालमा थप उपचार हुने व्यवस्था मिलाइएको छ । उनको उपचारमा र  उद्धारमा सहयोगको लागि किङ हमाद युनिभर्सिटी हस्पिटलका डाक्टर नर्स तथा नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैमा नेपाली राजदूतावासले हार्दिक धन्यवाद व्यक्त गरेको छ |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ