३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनमा पच्चीस विद्यार्थीको खानामा विष मिसाउने शिक्षिकालाई दियो फाँसी

३१ असार २०८०, आईतवार ०३:२१

असार ३१, एजेन्सी | चीनमा एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । ती शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाइ फाँसी दिइएको हो ।

घाइते भएका २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो जब एक शिक्षिकाले यो घृणित घटना गराएकी थिइन् । दोषी शिक्षकले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएका थिए। यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षकलाई प्रहरीले हिरासतमा लिएको थियो।

तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरे जुन अदालतले खारेज गरिदियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार गत शुक्रबार अदालतले वाङको अपराधको पहिचान पुष्टि गर्यो, उसलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

विद्यार्थीहरूको व्यवस्थापन भन्ने विषयमा एक सहकर्मीसँगको विवादपछि २७ मार्च २०१९ मा मेङ्मेङ प्रि स्कूल एजुकेशनमा बालबालिकाहरूलाई दिइने खाजामा विषाक्त सोडियम नाइट्राइट थपेको वाङलाई दोष लगाइएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएको र १० महिनाको उपचारपछि उनको मृत्यु भयो। 

यसअघि महिला शिक्षिकाले श्रीमानलाई पनि विष खुवाएर घाइते बनाएकी थिइन्। यद्यपि दोषी शिक्षकले किन यो सबै गरे भन्ने खुल्न सकेको छैन। मानव अधिकार एनजीओ एम्नेस्टी इन्टरनेशनलको अनुमान अनुसार चीनले हरेक वर्ष हजारौं मानिसलाई मृत्युदण्ड दिने गरेको छ,जुन अन्य कुनै पनि देशको तुलनामा धेरै हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट