Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 16, 2023 विश्व

चीनमा पच्चीस विद्यार्थीको खानामा विष मिसाउने शिक्षिकालाई दियो फाँसी

By साझासवाल 4 मिनेट पढाइ

असार ३१, एजेन्सी | चीनमा एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । ती शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाइ फाँसी दिइएको हो ।

घाइते भएका २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो जब एक शिक्षिकाले यो घृणित घटना गराएकी थिइन् । दोषी शिक्षकले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएका थिए। यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षकलाई प्रहरीले हिरासतमा लिएको थियो।

तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरे जुन अदालतले खारेज गरिदियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार गत शुक्रबार अदालतले वाङको अपराधको पहिचान पुष्टि गर्यो, उसलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।

विद्यार्थीहरूको व्यवस्थापन भन्ने विषयमा एक सहकर्मीसँगको विवादपछि २७ मार्च २०१९ मा मेङ्मेङ प्रि स्कूल एजुकेशनमा बालबालिकाहरूलाई दिइने खाजामा विषाक्त सोडियम नाइट्राइट थपेको वाङलाई दोष लगाइएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएको र १० महिनाको उपचारपछि उनको मृत्यु भयो।

यसअघि महिला शिक्षिकाले श्रीमानलाई पनि विष खुवाएर घाइते बनाएकी थिइन्। यद्यपि दोषी शिक्षकले किन यो सबै गरे भन्ने खुल्न सकेको छैन। मानव अधिकार एनजीओ एम्नेस्टी इन्टरनेशनलको अनुमान अनुसार चीनले हरेक वर्ष हजारौं मानिसलाई मृत्युदण्ड दिने गरेको छ,जुन अन्य कुनै पनि देशको तुलनामा धेरै हो।