2026-09-24 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दुई महिनादेखि साउदीमा अलपत्र परेका १९ नेपाली कामदार स्वदेश फर्किए

साउन १, काठमाडौँ | बैदेशिक रोजगारका लागि दुई महिना अघि साउदी अरब पुगेका १९  नेपाली  स्वदेश फर्किएका छन् | आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्। न रोजगारी न खान बस्न को सुविधा, सुन्दर भविश्य को सपना बोकेर नेपाली युवा जब साउदी पुगेका उनीहरु ५० डिग्रीको  जुलाईको तेजिलो घाममा खुल्ला आकाश मुनिको सुताई, दुई महिनासम्म अलपत्र परेपछि घरबाटै पैसा मगाएर स्वदेश फर्किएका हुन्।

ओशो म्यानपावरबाट करिब दुई महिना अघि साउदी अरब पुगेका उनीहरुलाई त्यहाँको कम्पनीले भित्र पस्न नदिई बाहिरै सडकमा छोडेर अलपत्र पारेको थियो। उनीहरुलाई समाजसेवी यम तमु र ग्लोबल आईएमई बैंकका जिसीसी प्रमुख तथा एनआरएनए साउदीका उपाध्यक्ष रामबहादुर क्षेत्रीको पहलमा उद्धार गरेर नेपाल पठाइएको हो।

उद्धारका लागि यहाँ पुग्दा उनीहरुले नेपालबाटै पैसा मगाएर हवाई टिकट काटेर तयारी अवस्था रहेको भेटेका थिए। समाजसेवी तमु र क्षेत्रीले खानाको व्यवस्था गरेर उनीहरुलाई हिजो राती १२:०० बजे यातायातको प्रबन्ध गरि एयरपोर्ट सम्मकोपुराएर उद्दार गरेका थिए।

दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुगेर अलपत्र परेका १९ नेपाली युवालाई आफूहरुले नेपालमा गएर कानुनी लडाइँ लड्न सुझाव दिएको क्षेत्रीको भनाइ छ। चर्को शुल्क तिरेर साउदी ल्याएर अलपत्र परेका युवाले नेपाल फर्किए लगत्तै म्यानपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी गरेका छन्।

साउदी अलपत्र अधिकांश नेपालीले रियादस्थित नेपाली दूतावासले समस्या नसुनेको गुनासो गरेका छन्।

दूतावासलाई पटक–पटक फोन गरेर आफूहरु समस्या परेको र उद्धार तथा सहयोग माग्न जानकारी गराए पनि वास्ता नगर्ने गरेको अलपत्र नेपालीको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी