2026-09-24 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका ५ नेपाली अलपत्र

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्।

काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिलाई मोटो रकम बुझाएर कुवेत पुगेका उनिहरुले विगत सात महिनादेखि सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्रमा परेको बताएका छन् | 

अलपत्र पर्नेमा मोरङ पथरीका विशाल लिम्बु, झापा धुलाबारीका सुरेन श्रेष्ठ ,मोरङ मधुमल्लाका प्रेमबहादुर विश्वकर्मा, झापा गौरीगंजका नरेश वैश्य र पोखरा हेम्जाका लक्ष्मण लामिछाने रहेका छन्।

अलपत्रमा परेका मोरङका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५० हजारदेखि ८० हजारसम्म बुझार त्यहाँ पुगेका उनी सात महिनादेखि काम नपाएर समस्यामा परेको बताए |

उनीहरुलाई कम्पनी अहिलेसम्म सिभिल आइडी नदिएको र दुई जना साथीलाई मात्र काम दिएको बताए  | बाइक राइडरका लागि आएका उनीहरु कम्पनीले कार चलाउन लगाएको छ। सात महिनाको अन्तरालमा कम्पनीले दुई जनालाई मात्र एक–एक महिनाको तलब दिएको उनीहरुको भनाइ छ।

लिम्बुले भने ‘हामी बाइक राइडरको लागि कुवेत आएका हौं, नेपालबाट म्यानपावरले पठाउदा एक महिनापछि तिमीहरुको काम सुरु हुन्छ। काम नभए पनि कम्पनीले तलब दिन्छ भनेको थियो’, उनले भने, ‘खै के भन्ने अहिलेसम्म लाइसन्स पनि दिएन। तलबको के कुरा गर्नु, खानै समस्या छ।’

अर्का झापा धुलाबारीका सुरेन श्रेष्ठले भने‘अहिलेसम्म हामी दुई जनाले मात्र तलब पायौं त्यो पनि एक महिनाको मात्र, एक जनाले ५० दिनार र अर्को जनाले ८० दिनार पाएका थियौं’,  उनले भने, ‘त्यति पैसाले के खाने, हामी यहाँ अलपत्र अवस्था छौं, हामीलाई चाँडो उद्धार गर्नुहोस्।’

आफूहरुले सम्झौता अनुसारको काम र दाम नपाएको भन्दै पटक पटक पठाउने म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि म्यानपावरले अहिलेसम्म कुनै सुनवाइ नगरेको उनीहरुको गुनासो छ। पछिल्लो समय म्यानपावरले फोन उठाउन छोडेको र अलपत्र परेका सबै जनाको फोन ब्लक लिस्टमा आरोप लगाएका छन्।

कुवेतस्थित नेपाली दूतावासमालाई पनि आफूहरु समस्यामा परेको र सहयोग गर्न आग्रह गर्दा हुन्छ, हुन्छ भनेर टार्ने गरेको पीडितको गुनासो छ। उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्तालगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

म्यानपावर व्यवशायिकले भने आफ्नो कम्पनीमार्फत गएका युवा अलपत्र परेको बारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानको लागि पहल भइरहेको बताए ।

व्यवशायिकले भने पीडितहरुले भनेको कुरामा कुनै सत्यता नरहेको र कुवेतमा रहेको हेड अफिसले यी सबै कुरामा जानकारी राखेर समस्या समाधानको पहल गरिरहेको छ।

लगिन इन्टरनेसनलका प्रतिनिधि राजन पोखेरलले अब एक दुई दिन भित्रमा सबै तलब दिलाउने आश्वाशन दिए। पीडितको समस्या हल गर्न कुवेतस्थित नेपाली दूतावाससँग पनि म्यानपवारले निरन्तर सम्पर्कमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी