३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बन्न सफल, नेपालको अवस्था कस्तो?

३ श्रावण २०८०, बुधबार ०८:०५

असार ३, काठमाडौँ | सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।

दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । विगत पाँच वर्षदेखि शीर्ष स्थानमा रहेको जापान अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, लक्जमबर्ग, दक्षिण कोरिया र स्वीडेनमा जोडिएर १८९ गन्तव्यहरूमा पूर्व भिसा बिना नै पहुँच सहित तेस्रो स्थानमा झरेको छ। अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ । भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् । नेपाल ९८ औँ स्थानमा सीमित रहेको छ । नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट