2026-09-03 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीका लागि साउदी गएका १५ जना नेपाली रियादमा अलपत्र, उद्धार गरिदिन सरोकारवालासँग आग्रह

साउन ५, काठमाडौँ | रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्। 

अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्रताव मिश्र, खोटाङ भरत मगर, रामेछापका साजनकुमार मोक्तान, सिराहा विजय कुमार महतो, काठमाडौंका ममकुमार तामाङ, धरानका पेमा शेर्पा, काठमाडौं बाबु काजी, तनहुँका सुजन आर्चाय, बर्दिबासका समिर मगर, काभ्रेका समिर विक, नवलपरासीका सागर गुप्ता, मकवानपुरका रामकृष्ण बाइवा रहेका छन्।

उनीहरू  रोजगारका लागि विसं २०७९ माघ २४ गते रियाद आएका थिए। ८ घण्टा काम गरेबापत १२ सय साउदी रियाल पारिश्रमिक दिने सहमति गरिएको थियो। थप दुई घन्टा ओटी गरे महिनाको १५ सय रियाल सम्म हुने आश्वासनमा उनीहरू साउदीको रिकन्स्ट्रक्शन एन्ड कन्ट्रोल फर कन्ट्याटिङ इस्ट नामक कम्पनीमा ड्राईभर रूपमा काम गर्न आएका थिए। तर सम्झौता विपरीत आफूहरूले काम गर्नुपरेको उनीहरूको भनाइ छ। 

उनीहरू भने ‘हामीलाई सुरुमा सम्झौता विपरीत काम गर्न लगाइयो र ६ महिनासम्म काम गर्दा २ महिनाको तलब दिएको र बाँकी तलबको कुरा गर्दा इकामा आइडी नबनाइदिने, काम रोकेर राख्ने, कार्यरत ठाउँबाट स्थानान्तरण गरी अर्को ठाउँमा लगेर राख्ने र मानसिक तनाव दिने गर्छन्,’। हामीलाई तीन महिनादेखि जबर्जस्ती कुकुर मार्ने काममा लगाएका छन्,’ उनीहरूले भने। पिउने पानीदेखि खाद्यान्नसम्म नपाएको उनीहरूको गुनासो छ।  उनीहरूबाट म्यानपावरले कम्पनीको भिसा भन्दै प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ३० हजारसम्म लिएको बताए। 

कम्पनीले अलपत्र पारेको जानकारी म्याननपावरमा कार्यरत बस्नेतलाईलाई गराउँदा उल्टै धम्की दिने गरेको बताए | मानसिक यातना बोकेर कुकुर मार्ने काम गरेको भन्दै आफूहरूलाई उद्धार गरिदिन सरोकारवाला पक्षसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ