३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मणिपुरमा महिलालाई ‘नग्न परेड’ गराउने पाँचौँ अभियुक्त पक्राउ

६ श्रावण २०८०, शनिबार १२:४८

साउन ६, एजेन्सी | मणिपुरमा महिलालाई नग्न परेड गरेको भिडियो सार्वजनिक भएपछि घटनाका पाँचौँ अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका युवक १९ वर्षका छन् । यसअघि चारजना अभियुक्त पक्राउ परेपछि उनीहरुलाई ११ दिनको प्रहरी हिरासतमा पठाइएको थियो ।

शुक्रबार घटनाका मुख्य अभियुक्तको घरमा केही आक्रोशित महिलाले आगजनी गरेका थिए ।

राजधानी इम्फालबाट करिब ३५ किलोमिटर टाढा रहेको काङ्पोकपी जिल्लामा मे ४ मा महिलालाई नग्न परेड गर्ने घटना घटेको थियो । यसको भिडियो १९ जुलाई (बुधबार) सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा केही व्यक्तिले दुईजना महिलालाई नग्न बनाएर अश्लिल गतिविधि गरिरहेको देख्न सकिन्छ । त्यस्तै एक १९ वर्षीय महिलामाथि सामूहिक बलात्कार गरे | बलात्कार पीडितका परिवारका पुरुष सदस्यहरूलाई भीडले मारेको थिए |


घटनाको विरोधमा मणिपुरको चुराचन्दपुरमा बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । हजारौंले कालो लुगा लगाएर प्रदर्शन गरेका थिए । दोषीलाई पक्राउ गर्न उनीहरुले माग गरेका थिए ।

प्रहरीका अनुसार भिडियोमा उक्त व्यक्तिले बी फानोम गाउँ नजिक भीडलाई निर्देशन दिइरहेको देखिन्छ । भिडियोमा देखाइएको महिलाका पति भारतीय सेनामा छन् । असम रेजिमेन्टमा सुबेदार भएका व्यक्तिले कारगिल युद्धमा पनि भाग लिएका थिए।

मे ४ मा यस भिडियोको बारेमा काङपोकपी जिल्लाको साइकुल प्रहरी चौकीमा उजुरी परेको थियो ।

सर्वोच्च अदालतले भनेको छ – महिलालाई निर्वस्त्र परेड गरेको मामिलामा भिडियो हेरेपछि हामी निकै दुःखी भएको छौं । हामी सरकारलाई कदम चाल्न समय दिन्छौं । यदि त्यहाँ केही भएन भने, हामी कदम चाल्नेछौं ।’

यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘यो घटनाले १४० करोड भारतीयलाई लज्जित बनाएको छ । कुनै पनि अपराधीलाई छुट दिइने छैन । आज मेरो मन दुख र क्रोधले भरिएको छ । मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ हुन सक्दैन। यो अपमान सिंगो देशमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट