३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इपिएस कोरियाको चेतावनी: भाषा परीक्षा रोके कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउँछन्

८ श्रावण २०८०, सोमबार १५:३३

साउन ८, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा अवरुद्द खडा भएमा नेपालीले दक्षिण कोरियाको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया पक्षबाट यस्तो चेतावनी आएको हो । 

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । जारी बिज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने भनिएको छ । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने चेतावनी दिईएको छ । 

विज्ञाप्तिमा रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन भन्दै रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएरकेही रिटर्नी कोरिया जान पाउन सक्ने सम्भावना रहेको जानकारी दिईएको छ । सन् २०२२ मा १४ हजार ४९५ जना नेपालीलाई कोरिया रोजगारीको लागि प्रवेश दिईएको थियो । जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक हुन् ।

सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना छ । जसका लागि रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएको थियो ।

२०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसमा नयाँ श्रमिक १० हजार ११४ जना र ४ हजार २४५ जना कमिटेड श्रमिक रहेको ईपीएस नेपालले जनाएको छ । कमिटेड श्रमिकको अनुपात ३० प्रतिशत रहेको छ ।

हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्र मध्ये उत्कृष्ट उदाहरण बनेको नेपाल ईपीएस सेन्टर प्रमुख दकले बताएक छन् । 

यस्तो छ विज्ञप्ति: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली