2026-07-25 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किसानलाई मल र बीउ अभाव हुन दिन्नौँ : मन्त्री मोदी

साउन ९, विराटनगर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए ।

सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए । कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले किसानलाई पर्याप्त सिँचाइको व्यवस्था गर्न आवश्यक भएको उल्लेख गर्दै नहरमा पानीको मात्रा बढाउन सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपालले पाँच दशक अघि बनेको यो नहरको संरचनालाई बलियो बनाउन अध्ययन भएको र केही समयभित्रै सुनसरीको सुनसरी खोला र मोरङको लोहन्द्रा खोलाको पानी नहरमा हाल्ने योजना रहेको जानकारी दिए ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका निर्देशक भीलानन्द यादवले सन् १९७० मा बनेको उक्त नहरबाट सुनसरीमा ४० हजार हेक्टर र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगिरहेको अवस्थामा यो नहरलाई व्यवस्थित तथा बलियो बनाउन अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

जल उपभोक्ता केन्द्रीय समन्वय समिति चतरा मूल नहर सुनसरी मोरङ सिँचाइ आयोजनाका अध्यक्ष तपन दासले किसानको जीवनस्तर बढाउन नहरमा बाह्रैमहिना पानी सञ्चालन हुनुपर्ने जिकिर गर्दै नहरलाई व्यवस्थित बनाउन सरकारले योजनावद्धरुपमा काम गर्नुपर्ने धारणा राखे ।

बेलबारी नगरपालिकाका प्रमुख दीलबहादुर राईले नहर र पुल भत्किँदा यहाँ धेरै नागरिकले दुःख पाएको उल्लेख गर्दै निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमीस्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो ।

बाढीले पुल बगाएपछि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन । यातायातका लागि महत्वपूर्ण मानिएको सो पुल भएर सवारीसाधन आवागमनमा समस्या भएको थियो ।

साइफन र पुलसँगसँगै निर्माण गर्न सुनसरी मोरङ सिँचाइ आयोजनाले रु ३४ करोड २४ लाखमा ठेक्का लगाएको थियो । उक्त पुलको लम्बाई १५३ दशमलव ३० मिटर र चौडाई साढे सात मिटर तथा साइफनको लम्बाई १९४ मिटर रहेको आयोजनाका डिभिजनल इञ्जीनीयर राजेशभक्त पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक