२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपाल-भारत सीमामा समातिएको गोलभेँडाले भारतका चार भन्सार अधिकारी निलम्बित

२०८०, १० श्रावण बुधबार ११:३१

साउन १०, काठमाडौं | पछिल्लो केही समययता भारतमा गोलभेँडाको मूल्य निकै आकासिएको छ । गोलभेँडाको मूल्य भारतको तुलनामा नेपालमा सस्तो छ । यस्तो स्थितिमा दुई देशबीचको खुला सिमानाको फाइदा उठाउँदै केही व्यापारीले नेपालबाट गैरकानूनी रूपमा गोलभेँडा भारत पुर्‍याउने गरेको बताइन्छ ।  

यसै क्रममा १९ दिनअघि नेपाल—भारत पश्चिम सिमानाकाबाट भारतीय सीमा बल (एसएसबी) ले ठूलो परिमाणमा गोलभेँडा नियन्त्रणमा लिएको थियो । अहिले त्यही गोलभेडाका कारण भारतको भन्सार विभागका चार जना कर्मचारीलाई निलम्बनको स्थितिसम्म पुर्‍याएको छ । 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार, भन्सार विभागका चार जना कर्मचारीलाई मङ्गलवार निलम्बन गरिएको हो । प्राप्त समाचार अनुसार, जुलाई ७ तारिखमा भारतको महाराजगन्ज प्रहरी र एसएसबीको संयुक्त टोलीले करिब चार लाख ८० हजार भारतीय रुपैयाँ बराबरको गोलभेँडा बरामद गरेको थियो । 

गोलभेँडा अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको समाचारमा जनाइएको छ । त्यसपछि प्रहरी र एसएसबीको संयुक्त टोलीले त्यो गोलभेँडा सम्बन्धित भन्सार कार्यालयलाई बुझाएको थियो ।

नियम अनुसार, यसरी बरामद गरिएको अवैध गोलभेँडा २४ घण्टाभित्र नष्ट गरिनु पर्ने थियो । भन्सार कार्यालयले पनि गोलभेँडा नष्ट गरिएको प्रतिवेदन तयार पारेको थियो । घटनाक्रम जुलाई ७ तारिखमा सुरु हुन्छ । महाराजगन्ज जिल्लाको प्रहरी र एसएसबीले गोलभेँडासहितको दुई वटा जिपलाई नियन्त्रणमा लिएको थियो । 

प्रत्येक जिपमा डेढ टन गोलभेँडा रहेको थियो । प्रहरी र एसएसबीको टोलीले जितसहित सबै गोलभेँडा भन्सार कार्यालयलाई बुझाएको थियो । भन्सार कार्यालयले पनि नियम अनुसार गोलभेँडा नष्ट गरिएको जानकारी माथिल्लो कार्यालयलाई पठाएको थियो । 

त्यसपछि जुलाई ८ तारिखमा पुनः डेढ टन गोलभेँडासहितको दुई वटा जिप नौतनवा क्षेत्रको सम्पथिया प्रहरीले पनि नियन्त्रणमा लियो । त्यसको जानकारी सम्पथिया प्रहरी पोष्टले आफ्ना माथिल्ला अधिकारीहरूलाई गराए । 

तर, जुलाई ७ तारिखमा नियन्त्रणमा लिइएको जिप र त्यसको एक दिनपछि जुलाई ८ तारिखमा नियन्त्रणमा लिइएको जिपको नम्बर र रजिस्ट्रेसन नम्बर एउटै पाइएपछि प्रहरी अधिकृतहरू आश्चर्यमा परेका थिए । ती दुवै जिपमा रहेको गोलभेँडाको परिमाण पनि बराबर थियो । 

जबकि भन्सारका कर्मचारीहरूले जुलाई ७ तारिखमा समातिएको जिप आफ्नो नियन्त्रणमा रहेको र गोलभेँडा नष्ट गरिसकिएको बताएको थियो । यो रहस्य खुलेपछि भन्सार विभागले आफू मातहतको भन्सार कार्यालयका चार जना कर्मचारीलाई निलम्बन गरेको हो । 

लखनउका भन्सार कमिस्नर आरती सक्सेनाले पनि भन्सार कार्यालयका चार जना कर्मचारीलाई निलम्बन गरिएको पुष्टि गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, निलम्बनमा पर्ने कर्मचारीमा विशाल मेहता, एस. एस. हैदर, आदित्य शर्मा र जितेन्द्र कुमार रहेका छन् । 

जुलाई ७ तारिखमा समातिएको गोलभेँडा २४ घण्टाभित्र नष्ट गर्नु पर्नेमा गोलभेँडासहितको जिप छाडेको हुनसक्ने अनुमानमा उनीहरुलाई निलम्बन गरिएको समाचारमा जनाइएको छ । उनीहरुले भने आफूहरूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । केही वरिष्ठ अधिकारीहरूले भने जुलाई ७ र जुलाई ८ तारिखमा समातिएको जिप फरक—फरक रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित