2026-09-03 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा ८३ जना युवाहरु अलपत्र, ६ महिनासम्मको तलब नदिई राहदानी समेत लिएर रोजगारदाता भाग्यो

अनिल अधिकारी । साउन ११, काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित टिजीएल नेपाल प्रालिदेखि कुवेतको LAMAC PLUS GENERAL TRADING AND CONT.CO कम्पनीमा रोजगारमा पुर्याईएका युवाहरुलाई रोजगारदाताले सुरुवातदेखिनै तलब र काम दिएन । बरु उल्टो कम्पनीमा नेता बन्न लागेको भन्दै झापाका निशान विष्टलाई नेपाल फिर्ता गरेर श्रमिक माथिनै कारवाही गर्ने काम गरिएको यस साझा सबाल मिडियालाई गुनाशो प्राप्त भयो ।

वैदेशिक रोजगारको क्रममा गत नोभेम्वर १९ तारिखमा कुवेत पुगेका नेपाली युवाहरुलाई कुवेत पुगे लगत्तैदेखि समस्या आईपरेको विषयमा गुनाशो प्राप्त भएको थियो । उनिहरुले पहिलो महिनाको काम र तलब समेत नपाएपछि गुनाशो गरेका थिए । यस सम्बन्धमा यस मिडिया मार्फत सम्बन्धित म्यानपावरलाई ध्यानाकर्षण गरिएपछि  म्यानपावरका संचालक अमृत रिजालले गुनाशो अनुसार ध्यानाकर्षण त गरे तर पहिलो महिनाको तलब दिलाउन सकेनन् । 

नेपाली युवाहरुले सुरुको एक महिनाको तलब नपाएपनि ‘हामीलाई अहिले काम दिएको छ । हामी काम गर्छौं ।’ भनेपछि युवाहरुकै आग्रहमा पहिलो महिनाको तलब नपाएको सम्बन्धमा मिडिया यस घटना सार्वजनिक भएन । मिडियामा पीडितहरुले जानकारी दिनुअघिनै नेपाली श्रमिकहरुले गत डिसेम्बरमा काम र तलब नदिएको भन्दै रोजगारदाता कम्पनीको बिरोध गरेका थिए । तर समस्या समाधानको सट्टा काठमाडौँ स्थित म्यानपावर कम्पनीकै आग्रहमा उक्त बिरोध गर्ने श्रमिकहरुको नाइके भन्दै झापाका निशान विष्टलाई कम्पनी मार्फत टर्मिनेट गराउन लगाएको पाइएको छ । यस सम्बन्धमा साझा सबाल मिडियामा आएको गुनाशो अनुरुप ध्यानाकर्षण गराउँदा पीडित बिष्टले बिर्तामोडस्थित एजेन्टहरु मार्फत क्षेतिपूर्ति पाएका थिए । 

पिडित विष्टले नेपाल फर्किएपछि साझा सबाल मिडियालाई भनेका थिए – ‘कम्पनीले काम र तलब नदिएको बिषयमा बोल्दा मलाई रोजगारबाट टर्मिनेट गरिएको हो । मैले एक लाख ९० हजार तिरेर रोजगारमा गएको थिएँ ।’ पिडित बिष्टलाई ग्रुपिजम गरेको भन्दै त्यसको नेता मानेर टर्मिनेट गरेको अवस्थामा त्यसैलाई देखाएर कम्पनीले अरुलाई तर्साएको बुझिएको छ । मिडिया मार्फत नै उक्त कम्पनीको समस्या बाहिर आउने भएपछि युवाहरुले एक महिना पछिबाट काम पाए । त्यसपछि पनि समस्यामा परेका केहि नेपालीलाई म्यानपावरले नेपाल फिर्ता ल्यायो । 

पछिल्लो समय सोहि कम्पनीमा रहेका ८३ जना नेपाली युवाहरु अलपत्र परेका छन् । अलपत्र परेका अधिकांश नेपालीहरुको अकामा छैन । रोजगारदाता कम्पनी LAMAC PLUS GENERAL TRADING AND CONT.CO ले ६ महिनासम्मको तलब नदिई सम्पर्कबिहीन बनेपछि युवाहरु अलपत्र परेका हुन् । उक्त कम्पनी आफ्नो सम्पर्कमा समेत नरहेको टिजीएल नेपाल प्रालि म्यानपावरका संचालक अमृत रिजालले साझा सबाल मिडियालाई बताएका छन् । 

एक पीडितले भने – ‘हामी ८ महिनाअघि आएका हौँ । म्यानपावरले राम्रो कम्पनि भनि पठाएको थियो । यता ल्याए पछि सप्लाई कम्पनी भने थाहा भयो । यस कम्पनी मार्फत कुवेत ओएल कम्पनि (KOC) मा काम लगाउने सर्त थियो । आएपछि पहिलो महिनाको तलब पाइएन । म्यानपावरलाई भन्दा वेवास्था भयो अनि मिडिया गुहारेका हौँ । त्यसपछि समस्या तत्कालको लागि समाधान भयो तर अब रोजगारदाता कम्पनीनै भाग्यो ।’ पीडितहरुको अनुसार उनीहरुको राहदानी समेत लिएर कम्पनी भागेको छ । हाल तीनदेखि ६ महिनासम्मको तलब समेत लिएर सप्लाई कम्पनी भागेपछि उक्त कम्पनी मार्फत काम गर्ने करिब ३०० जना कामदार अलपत्र छन् । जसमध्य ८३ जना नेपाली रहेको पाइएको छ ।  

पीडितहरुका अनुसार कम्पनीनै भागेपछि खाना समेत नपाएको अवस्था छ । उनिहरुको अनुसार बस्न व्यवस्था छ तर पानी, बत्ति,  एसी केहि छैन । दुई सातादेखि कम्पनी बन्द भएपछि युवाहरु कोठामै सुत्न बाध्य छन् । पीडितहरुले कम्पनीले अकामा नदिएकाहरुले नेपाल फर्किन जरिवाना तिर्नुपर्ने भएको र उक्त शुल्क २५० देखि ३५० कुवेती दिनर प्रतिव्यक्ति रहेको बताए । फाइनकै कारण कतिपय नेपाली फाइन तिरेर जान पर्ने अवस्थामा रहेका छन् । आफ्नो समस्यामा सम्बन्धित पक्षले खासै ध्यान नदिएपछि नेपालीहरुले आफूहरुलाई नेपाल उद्दार गरिदिन नेपालीहरुको अनुरोध छ । अधिकांश युवाहरुले राहदानीनै लिएर कम्पनी भागेपछि ट्राभल डकुमेन्ट बनाई नेपाल आउनु पर्ने बाध्यता रहेको पीडितहरुको भनाई छ । 

पीडितहरुले दुतवासमा समेत यस सम्बन्धमा खबर गरेको तर  दुतावासके चासो नदेखाएको आरोप लगाएका छन् । उनिहरुले आफ्नो समस्याबारे म्यानपावरलाई पटक-पटक चासो देखाउँदा पनि म्यानपावरले वेवास्था गरेको तर मिडिया मार्फत ध्यानाकर्षण भएपछि मात्र पीडितहरु संगको सम्पर्कमा आएको बताए । पीडितहरुमध्य केहि पोखराको राज ओभरसिजको साखा कार्यालयबाट, केहि बिर्तामोडका म्यानपावर साखा कार्यालय र केहि बसुन्धारा स्थित टिजीएलबाटै वैदेशिक रोजगारमा गएको पाइएको छ । जाने क्रममा युवाहरुसंग डेढलाख देखि २ लाख ५० हजारसम्म अशुली भएको पीडितहरुले बताए । 

रोजगारमा पुगेका नेपालीहरु पीडित बनेको विषयमा पटक-पटक ध्यानाकर्षण गराइएको टिजीएल नेपाल प्राली म्यानपावरका संचालक अमृत रिजालले आफूले पीडित युवाहरुलाई फिर्ता ल्याउने कोसिस गरिरहेको बताएका छन् । संचालक रिजालले रोजगारदाता कम्पनीले जालझेल गरेर नेपाली युवाहरुलाई पीडित बनाएको स्वीकारे । उनले भने ‘बदमास कम्पनी रहेछ । अहिले मेरो सम्पर्कमा पनि छैन । युवाहरुलाई उद्दारकै लागि म कोसिसमा छु ।’ संचालक रिजालले उक्त रोजगारदाताको डिमाण्ड इन्डियन एजेन्सी मार्फत नेपालकै एजेन्ट मार्फत आफूले पाएको खुलाए । संचालक रिजालले पीडितहरुलाई आवश्यक क्षेतिपूर्ति दिने प्रतिबद्धता समेत जनाएका छन् । 

यस सम्बन्धित भिडियो 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ