2026-09-07 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

साउन ११, काठमाडौँ | जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ ।

जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ ।

तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या भने ८ लाख ५२३ ले घटेको छ । सन् २००९ मा उच्च विन्दुमा पुगेपछि पछिल्ला १४ वर्षदेखि यो जनसङ्ख्या निरन्तर घटिरहेको छ । जापानका सबै क्षेत्रमा जापानी नागरिकको जनसङ्ख्या घटेको यो पहिलो अवसर पनि हो ।

विदेशी नागरिकको सङ्ख्या बढेका कारण राजधानी टोकियोको कूल जनसङ्ख्या भने बढेको छ । 

गत वर्ष जापानको मृत्युदर पनि उच्च पुगेको थियो । गत वर्ष १५.६ लाख जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ लाख ७१ हजार ८०१ जना शिशुको जन्म भएको थियो । जापानसँगै चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानले पनि जापानको जस्तै समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार