२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार आरोपित इञ्जिनियर पोखरेल ४ वर्षअघि ९ लाख घुससहित पक्राउ परेका थिए

२०८०, १२ श्रावण शुक्रबार ०८:२८

साउन १२, पोखरा | बलात्कार आरोपमा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल यसअघि ९ लाख घुससहित पक्राउ परेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई ४ वर्षअघि नौ लाख घुससहित पक्राउ गरेको थियो ।


उनीसँगै इञ्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना भान्छेलाई २०७६ साउन २३ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो । सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिन भनी जीएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमले पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएका थिए । घुसको सेटिङ मिलाउने काम सडक डिभिजनकै इञ्जिनियर पवित्रमणि आचार्यले गरेका थिए । दुई जना भान्छेलाई पैसा ओसारपोसारमा संलग्न भएको भन्दै नियन्त्रणमा लिइएको थियो ।

अख्तियारले इञ्जिनियर पोखरेलसहितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी बरामद भएको सात लाख सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा २०७६ भदौ १३ मा मुद्दा दायर गरेको थियो । २०७८ चैतपछि उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनकै घरमा काम गर्न राखिएकी युवतीले पोखरेलविरुद्ध उजुरी गरेकी हुन् । ती युवतीले केही समयअघि सामाजिक सञ्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेकी थिइन् । घरमा कोही नभएको मौकामा आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेको उनले बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै