२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसकारण गईरहेको छ झ्यापझ्याप बत्ती!

१४ श्रावण २०८०, आईतवार ०७:५८

साउन १४, काठमाडौँ | पछिल्लो समय दैनिकजसो छिनछिनमा झ्यापझ्याप बत्ती जाने गरेको छ । अर्थात्, विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । दिनमै एकभन्दा बढीपटक छोटोछोटो समय अघोषित ‘लोडसेडिङ’ हुने गरेको हो ।

यसरी छिनछिनमै सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । छिनछिनमै बत्ती जाने–आउने गर्दा घर, कार्यालय, उद्योगमा ठूलो जोखिमको समेत सम्भावना हुन्छ ।

शनिबार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा पटकपटक छोटो समय बत्ती गएको थियो । आज बिहान पनि काठमाडौंमा केही बेर विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार वर्षापछि ठाउँठाउँमा पहिरो जाने र रुखहरूले विद्युत् तारलाई छुँदा समस्या निम्तिएको हो । पछिल्लो समय तराईका जिल्लामा रुख ढलेर विद्युत् सप्लाईमा समस्या आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । त्यो समस्या समाधान गर्ने क्रममा देशैभरको विद्युत् प्रवाह केही बेर रोकिने गरेको उनले जानकारी दिए । मर्मतसम्भार गर्ने बेलाबेलामा सेवा अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

“शनिबार तराईमा तारमा रुख लाग्यो, तारमा रुख ढलेर समस्या आएको हो । अहिले पानी परेका कारण रुख ढलिरहेका छन्,” उनले भने, “अरू केही पनि कारण हैन । रुख ढलेर तारमा लाग्दा यसरी लाइन गइरहेको छ ।”

वर्षा र बाढीपहिरोका कारण कतिपय ठाउँमा तार चुडिनुका साथै टावर नै बांगिने गरेको प्रवक्ता भट्टराईले बताए । एक ठाउँमा रुखले तार छुँदा देशभर नै समस्या आउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै