३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बार्सिलोनाले सजिलै हरायो रियल म्याड्रिडलाई

१४ श्रावण २०८०, आईतवार ०९:०२

एजेन्सी | प्रि-सिजन टुरका क्रममा हाल अमेरिकामा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आइतबार खेलिएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-० गोलले हराएको छ । खेलको प्रारम्भदेखि नै बार्सिलोनाले रियललाई दबाबमा राखेको थियो । 

पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेल सुरु भएको १५ औं मिनेटमै बार्सिलोनाका लागि असमेन डेम्बेलले पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा बार्सिलोना अगाडि रह्यो । 

निर्धारित समयको ८५ औं मिनेटमा फर्मिन लोपेज मार्टिनले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि फरान टोरेसले तेस्रो तथा अन्तिम गोल थपेका थिए । 

रियलले बार्सिलोनाको पोष्टमा केही गतिला प्रहार गरे पनि गोलमा भने परिणत हुन सकेन । रियलले जुड बेलिङ्घमले पनि मैदानमा ओरालेको थियो । इङ्ल्यान्डका २० वर्षीय मिडफिल्डर बेलिङ्घम यही सिजन रियलमा आबद्ध भएका हुन् । 

त्यसअघि उनी जर्मन क्लब बोरुसिया डर्टमन्डमा थिए । उनले गरेको एउटा कलात्मक हेड प्रहार पनि गोलमा परिणत हुन सकेन ।

अमेरिका भ्रमणका क्रममा बार्सिलोनाले इटालियन क्लब एसी मिलानसँग अगस्त २ तारिखमा लस भेगासमा अन्तिम खेल खेल्नेछ । रियल म्याड्रिडले भने युभेन्ट्ससँग अन्तिम खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट