2026-09-07 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनसँग शान्ति वार्ता गर्न तयार छौँ : पुटिन

एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

रुसस्थित सेन्ट पिटर्सवर्गमा अफ्रिकन नेताहरूसँगको छलफलपछि उनले आफूले कहिल्यै शान्ति वार्ता अस्वीकार नगरेको बताए। अफ्रिका र चीनको पहलअनुसार युक्रेनसँग शान्तिका लागि वार्ता गर्न सकिने उनको भनाइ थियो।

युक्रेनी सेनाले आक्रमण गरिरहेको बताउँदै उनले यस्तो बेला युद्धविराम कार्यान्वन गर्न कठिन रहेको पनि बताए। 

यसअघि दुवै देशले बिना शर्त वार्ता नगर्ने बताएका छन्। रुसले गत वर्ष आक्रमण गरी युक्रेनको दक्षिण र पूर्वी भूभाग कब्जा गरेको थियो। रुसले उक्त क्षेत्रमा आफ्नो दावी गरिरहेको छ भने युक्रेनले त्यो भूभागमा सम्झौता नगर्ने बताउँदै आएको छ।

गए राति बैठकपछि सञ्चारकर्मीसँग पुटिनले युक्रेनविरुद्ध तत्काल कारबाही गर्ने कुनै योजना नभएको पनि बताए। पुटिनलाई नेतृत्वविरुद्ध उठिरहेका आलोचनात्मक स्वर दबाउन उनीहरूलाई पक्राउ गरिरहेको पनि आरोप छ। तर ती आरोपमा सत्यता नभएको दाबी उनले गरे। रुसलाई हानी पुर्‍याउन

देशभित्रै राष्ट्रविरोधी गतिविधि भइरहेको र तिनलाई रोक्न उनीहरूलाई गिरफ्तार गरिएको प्रष्टीकरण उनले दिए।

मस्को आक्रमणको आलोचना गर्ने विपक्षी नेताहरूलाई पुटिनले पक्राउ गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो