३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब कन्सर्टमा र्‍यापर कार्डी बीले दर्शकलाई माइकले प्रहार गरिन्…

१४ श्रावण २०८०, आईतवार १०:३०

एजेन्सी | अमेरिकन र्‍यापर कार्डी बीलाई कसले जान्दैन होला ? पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् ।

उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन । तर यही बीचमा उनका एक फ्यानले यस्तो काम गरे कि उनी पनि रिसाइन् । लाइभ कन्सर्टमा एक प्रशंसकले कार्डी बीमाथि दुर्व्यवहार गरे । त्यसपछि आक्रोशमा आएकी गायिकाले त्यही माइकले फ्यानलाई प्रहार गरिन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

खासमा यो मामिला के हो ?

शनिबार उनको कन्सर्टमा यो हंगामा मच्चिएको हो । सुन्तला रङको पहिरनमा गायिकाले धमाकेदार प्रस्तुति दिइरहेकी थिइन् । उनले आफ्नो हिट गीत ‘बोडाक एल्लो’ गाइरहेकी थिइन् । त्यसपछि दर्शकको भीडबाट एक व्यक्तिले उनीमाथि ड्रिंक्सको बोतल प्रहार गर्‍यो । लगत्तै कार्डी पनि रिसाइन् र माइकले प्रहार गरिदिइन् ।

कलाकारसँग यस्तो हर्कत भएको यो पहिलो घटना होइन । पटकपटक यस्तो दुर्व्यवहार भएको छ । सोही महिना गायक तथा गीतकार ह्यारी स्टाइल्ससँग पनि यस्तै घटना भएको थियो । कन्सर्टको बीचमा कसैले फूलको गुच्छा हानेर उनीमाथि दुर्व्यवहार भएको थियो । उनको अनुहारमा चोट लागेको थियो । यसअघि बेबे रेक्सा, ड्रेक, केल्सी ब्यालेरिनी, स्टिभ लेसी, किड कुडी र पिंकसँग यस्तो भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट