2026-09-07 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब कन्सर्टमा र्‍यापर कार्डी बीले दर्शकलाई माइकले प्रहार गरिन्…

एजेन्सी | अमेरिकन र्‍यापर कार्डी बीलाई कसले जान्दैन होला ? पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् ।

उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन । तर यही बीचमा उनका एक फ्यानले यस्तो काम गरे कि उनी पनि रिसाइन् । लाइभ कन्सर्टमा एक प्रशंसकले कार्डी बीमाथि दुर्व्यवहार गरे । त्यसपछि आक्रोशमा आएकी गायिकाले त्यही माइकले फ्यानलाई प्रहार गरिन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

खासमा यो मामिला के हो ?

शनिबार उनको कन्सर्टमा यो हंगामा मच्चिएको हो । सुन्तला रङको पहिरनमा गायिकाले धमाकेदार प्रस्तुति दिइरहेकी थिइन् । उनले आफ्नो हिट गीत ‘बोडाक एल्लो’ गाइरहेकी थिइन् । त्यसपछि दर्शकको भीडबाट एक व्यक्तिले उनीमाथि ड्रिंक्सको बोतल प्रहार गर्‍यो । लगत्तै कार्डी पनि रिसाइन् र माइकले प्रहार गरिदिइन् ।

कलाकारसँग यस्तो हर्कत भएको यो पहिलो घटना होइन । पटकपटक यस्तो दुर्व्यवहार भएको छ । सोही महिना गायक तथा गीतकार ह्यारी स्टाइल्ससँग पनि यस्तै घटना भएको थियो । कन्सर्टको बीचमा कसैले फूलको गुच्छा हानेर उनीमाथि दुर्व्यवहार भएको थियो । उनको अनुहारमा चोट लागेको थियो । यसअघि बेबे रेक्सा, ड्रेक, केल्सी ब्यालेरिनी, स्टिभ लेसी, किड कुडी र पिंकसँग यस्तो भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार