2026-09-07 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

धोनी विमानभित्र सुतिरहेका बेला एयर होस्टेसले लुकेर भिडियो रेकर्ड गरेपछि…(भिडियो)

साउन १५, काठमाडौँ | भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी निकै चर्चित छन् । यसै कारण प्रशंसकले मौका पाउने बित्तिकै उनीप्रति प्रेम र सम्मान देखाउन चुक्दैनन् । हालै उनीबारे एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन चर्चित बनेको छ । भिडियोमा मानिसहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

वास्तवमा धोनी विमानमा सुतिरहेका बेला एकजना एयर होस्टेसले उनको भिडियो रेकर्ड गरिन्, जबकी उनकी श्रीमती उनकै छेउमै बसेर मोबाइलमा केही हेरिरहेकी छिन् । तर भिडियो सार्वजनिक भएपछि धोनीको निजी जीवनमा बाधा पुर्‍याएको भन्दै उनका प्रशंसकले एयर होस्टेसलाई गाली गरिरहेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंले गोपनीयताको सम्मान गर्नुपर्छ । यदि कसैले उनको भिडियो बनाएको भए यो कुरा संयुक्त राष्ट्रसम्म पुगिसकेको हुन्थ्यो ।’

अर्का प्रयोगकर्ताले एयर होस्टेसलाई गाली गर्दै भने, ‘के कसैले यी एयर होस्टेसलाई थप व्यावसायिक बन्न र उनको (धोनी) को निजतामा हस्तक्षेप नगर्न ज्ञान दिन सक्छ ?’

यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘एयर होस्टेसले धोनी र उनकी श्रीमती साक्षीको निजतामाथि आक्रमण गरिरहेकी छिन्, जुन पूर्ण रूपमा गलत हो । ’ यसका साथै, एयर होस्टेसलाई जागिरबाट निकाल्नसमेत माग गरिएको छ । प्रयोगकर्ताले इन्डिगो एयरलाइनलाई ट्याग गर्दै लेखेको छ, ‘कसैको गोपनीयता भङ्ग गर्ने कर्मचारीलाई बर्खास्त गर ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो