३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेदरल्याण्ड पठाइदिने भन्दै ४४ लाख ठग्ने प्रहरीको फन्दामा

१५ श्रावण २०८०, सोमबार १२:०२

साउन १५, काठमाडौँ | नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो । 


उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै  जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् । 

यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए । 

जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली