२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मौसमी कामदार पठाउने नाममा बदमासी, कोरिया जान १६ लाखको अफर

१७ श्रावण २०८०, बुधबार १२:१४

साउन १७, काठमाडौँ | दक्षिण कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको भए पनि इलाममा कोरिया पठाउने नाममा रकम असुली भइरहेको छ । । भाषा पास गरेका भन्दा बाहेक कोरिया जान तीन वर्षका लागि रोक लगाइएको छ । तर इलाममा सीप सिकाएर कोरिया पठाउने भन्दै युवाहरुमा रकम असुली भइरहेको छ ।

भाषा पास नगरी कोरिया जान बन्द भएको थाहा हुँदाहुँदै पनि भाषा परीक्षामा सामेल नै नभई कोरिया जान युवाहरु तम्तायर भएका हुन् । जसका लागि केही तालिम केन्द्रहरुले समन्वय गर्ने बहानामा रकम असुलिरहेको पाइएको छ । पानी जहाज बनाउने कम्पनीकै लागि कामदार माग भएको भन्दै इलाम सदरमुकाममा तालिम लिएका युवा माग भए बमोजिमको पैसा तिरेरै भए पनि कोरिया जान तयार छन् । उनीहरुले भाषा पास गर्नेगरी तयारी छैन तर पानीजहाज बनाउने कम्पनीमानै जाने तयारीमा वल्डिङको तालिम लिएका हुन् ।

जिल्ला प्रशासनले गैर कानुनी रुपमा सञ्चालन रहेको ठहर गरेको उक्त तालिम केन्द्रमा तालिम लिनेहरु भाषा पास बाहकलाई कोरिया लैजान बन्द गरिएका थाहा हुँदा हुँदै पनि लाखौँ रुपैयाँ फसाउँदै छन् । कोरिया गएपछि लाखौँ रुपैयाँ कमाउने दाउमा कोरिया जाने चक्करमा लाखौँ रुपैयाँ खर्चने दाउमा छन्  । सीप सिकेर कोरिया जाँदा काम पाइने भन्दै इलामको टुँडिखेल छेउमा सञ्चालन भएको तालिम केन्द्रमा तालिम लिए । पहिले सीप सिकेपछि कोरिया पठाउने भन्दै सुरुमा प्रतिव्यक्ति ९० हजार रुपैयाँ उठाइयो । 

उक्त रकम राष्ट्रिय वाणिज्य बैकमा रहेको एसीई स्किल ट्रेनिङ सेन्टरका नामको खातामा जम्मा गर्न लगाएको थियो । कोरिया जाने चक्करमा गाउँबाट सदरमुकाममा कोठा भाडा बसेर सीप सिकेका केही युवा यतिबेला राजधानी काठमाडौँ पुगेका छन् । तालिम सञ्चालन भइरहेको बेला स्किल टेस्टका लागि काठमाडौँ जानुपर्ने भनेर २४ हजार नौ सय रुपैयाँ तिरेर उनीहरु काठमाडौं उत्रिएका हुन् । स्किल टेस्टका लागि भन्दै मागिएको २४ हजार नौ सय रुपैयाँ सहारा सुब्बा थेबेका नाममा आईएमीबाट पठाएका छन् । 

कोरिया लान्छु भनेर सञ्चालन भएको उक्त सेन्टर गैर कानूनी रुपमा सञ्चालन भएको भन्दै गत बैशाख २५ गते जिल्ला प्रशासन कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदलाई पत्र काटेको थियो । पत्र काटेको महिनौँ बिते पनि कारबाहीको प्रक्रिया अघि बढेको थिएन ।

स्किल टेस्टका लागि काठमाडौँ पुगेका युवा कोरिया जान तालिम केन्द्र संचालकहरुले १६ लाख रुपैयाँ लाग्ने भन्दै आएका छन् । तर १६ लाख तिर्न नसक्ने भन्दै युवाहरुले तालिम र स्किल टेष्ट बापतको रकम भने फसाएका छन् । यस विषयमा युवाहरु प्रतिक्रिया दिन नै चाहदैनन् । भाषा पास नगरी जान बन्द भइरहेको बेला कोरिया जाने चक्करले लाखौँ रुपैयाँ ठगीमा पर्ने संभावना बढेको छ ।

‘शुरुमा तालिम सकेर स्कील टेष्ट पास गरेपछि पाँच सात लाख रुपैयाँ लाग्ने भनेर तालिम संचालकले भनेका थिए । तर अहिले काठमाडौं पुगेपछि १६ लाख खर्च लाग्छ भन्दैछन् । हामी दोधारमा परियो,’ नाम नबताउने सर्तमा एक युवाले भने,‘हामीजस्ता पाँच युवा रनभुल्लमा छन् ।’

यता जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कसैले उजुरी गरे तत्काल कारबाहीका लागि प्रक्रिया अघि बढाउन सकिने भन्दै बैशाख २५ मा पठाएको पत्रको कारबाही अहिलेसम्म नभएको र कारबाहीका लागि पुन पत्र पठाउने तयारीमा रहेको बताए । 

‘अहिले तै कोरिया जान पाइहाल्छौकी भनेर उजुरी पनि गर्न सकेका छैनन्' प्रजिअ पोख्रेलले भने, 'अवैधानिक रुपमा कोरिया जानका लागि भन्दै युवा ठगिने अवस्थामा रहेका छन् ।’

कोरिया जान १६ लाख लाग्ने खबर थाहा पाएसँगै धेरैजसो कोरियाको प्रक्रियामा जान नसक्ने भन्दै पहिले तिरेको रकम फिर्ता माग्न थालेको अडियो बाहिरिएको छ ।

तालिम सेन्टरका सञ्चालक सुरेन्द्र राईसँग म यो प्रक्रियामा जान नसक्ने भए भन्दै पहिलेको रकम फिर्ता माग्दा २४ हजार रुपैयाँ फिर्ता हुने अडियोमा उल्लेख छ । कोरियाको प्रक्रियामा नजानेहरू अहिले रकम माग्दै गर्दा २४ हजार रुपैयाँ फिर्ता हुने खबरले ठग्न खोजिएको रहेछ भन्ने बताउँदै आएका छन । पैसा फिर्ता लिने दाउमा अनिहरु अहिले खुलेर आउन सकेका छैनन् ।

एसीई तालिम केन्द्र सञ्चालन गरेका राईले आफूले सञ्चालन गरेको तालिम केन्द्र गैर कानूनी नभएको बताएका छन् । उनले कम्पनी रजिस्टारको कार्यालय र करदाता सेवा कार्यालयमा दर्ता गरेरै सञ्चालन गरेको बताए । कोरियाको विषयमा कोरियाको कम्पनीलेनै माग गरे अनुसार जान सकिन्छ मात्रै भन्या कोरिया पठाउनकैलागि भनेर रकम नउठाएको उनको भनाइ छ ।

सरकारले गरायो सचेत

सरकारले मौसमी रोजगारीका लागि श्रम स्वीकृति जारी नगर्ने जनाइसकेको छ । पछिल्लो समय दक्षिण कोरिया, बेलायत, जापान र युरोपका देशमा मौसमी रोजगारीमा कामदार लैजाने प्रलोभन देखाएर म्यानपावर कम्पनी, कन्सल्टेन्सी, म्यानपावरका एजेन्ट, ट्राभल एजेन्सी र व्यक्तिगत ठगी गर्ने प्रवृत्ति बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल श्रम स्वीकृति जारी नगर्ने जनाएको हो ।

मौसमी रोजगारीमा कामदार पठाउने भनेर गाउँघरदेखि रोजगारदाता देशसम्म म्यानपावर कम्पनी, तालिम केन्द्र, कन्सल्टेन्सी र म्यानपावरका एजेन्टले सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्न थालेपछि यो प्रक्रियाबाट वैदेशिक रोजगारीमा कामदार पठाउन रोक लगाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गत वर्षदेखि दक्षिण कोरियाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध कायम गर्दै केही स्थानीय तहले मौसमी कामदारको रूपमा नेपाली युवायुवतीलाई पठाउन तेस्रो पक्ष खडा गरेर रकम उठाउने गरेको उजुरी श्रम मन्त्रालयमा परेको थियो । 

केही स्थानीय तहले हाल पनि मौसमी कामदारका रूपमा पठाउने भन्दै मोटो रकम लिएर इजाजतबिनाका तालिम सञ्चालन गरिरहेको सार्वजनिक भएपछि यस्तो निर्णय गर्नुपरेको श्रम मन्त्रालयले जनाएको छ ।

विभागसँग इजाजत लिएका म्यानपावर कम्पनीहरूले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउन पाउने कानुनी व्यवस्था छ । तर पछिल्लो समयमा मौसमी रोजगारीमा एजुकेसन कन्सल्ट्यान्सी तथा ट्राभल एजेन्सीहरूले समेत गैरकानूनी रूपमा कामदार पठाउन थालेको उजुरी परेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । 

वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गर्ने गरेको भन्दै समस्या लिएर धेरै पीडित विभागमा धाउन थालेको उनले जानकारी दिए । मौसमी रोजगारीका नाममा विभिन्न संस्थाहरूले ठगी गरिरहेका छन् । यो विषयमा उजुरी र ठगी बढेपछि रोक्नुपरेको उनको भनाइ छ ।

पछिल्लो समय विदेश अध्ययनका लागि विद्यार्थी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा कामदार पठाउने भनेर चरम ठगी गरिरहेको उजुरी आउने गरेको विभागले जनाएको छ । 

शैक्षिक परामर्श संस्थाले रोजगारीका नाममा करोडौँ रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न श्रम मन्त्रालयले मिसन नै चलाएको थियो । तर कानूनी समस्याका कारण सफल हुन सकेन ।

गत आर्थिक वर्षमा मौसमी रोजगारीमा मात्र ठगीमा परेको तीन सयभन्दा धेरै उजुरी परेको विभागले जनाएको छ । 

मौसमी रोजगारीमा ५० करोडमाथि ठगीको उजुरी परेको विभागको भनाइ छ । कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेर सञ्चालक नै फरार हुने गरेको उजुरी लिएर दिनहुँ पीडित धाउने गरेको विभागले बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै