पंकज धामी/असोज १५, दार्चुला । दशैँ-तिहारका बेला नेपाल सरकारले देशका विभिन्न ठाउँमा सुपथ मुल्यका पसल सञ्चालन गरेको भएपनि दार्चुलाको मार्मा क्षेत्रका स्थानिय आयोडीन नुन २५ रुपैयामा किन्न बाध्य छन् ।
खलंगा बजारमा कायम रहेका अन्य दैनिक उपभोग्य सामाग्रीहरु मार्मा क्षेत्रका स्थानियले दोब्बर मुल्य हालेर उपभोग गरिरहेको सितोलाका स्थानिय लक्ष्मणसिह सितोलाले जानकारी दिनुभएको छ । आयोडीन नुनको बजार मुल्य ९ रुपैया हो ।