२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानबाट नेपाल हुँदै भारतमा पेस्तोल भित्रिरहेको भारतीय प्रहरीको दाबी

२०८०, १८ श्रावण बिहीबार ०७:३२

एजेन्सी | भारतको दिल्ली प्रहरी स्पेसल सेलले पाकिस्तानबाट नेपाल हुँदै भारतमा पेस्तोल भित्रिरहेको दाबी गरेको छ । जिगाना पेस्तोलको ‘फस्ट कपी’ नयाँ दिल्लीमा फेला परेसँगै प्रहरीले चलाएको अपरेसनपछि बुलन्द सहरमा रहेको ग्याङले यो हतियार पाकिस्तानबाट नेपालको बाटो हुँदै भारत भित्रिएको पत्ता लागेको हो ।


यही नेटवर्कलाई प्रयोग गरेर लरेन्स बिस्नोई सिन्डिकेटले हतियार प्राप्त गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ । सो हतियार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा प्रयोग भएको थियो । प्रहरीले टर्कीमा बनेको जिगानासहित अमेरिकन बरेटा र स्लोभाकियन पेस्तोलको कपी पनि फेला परेको छ ।

पक्राउ पर्नेमा दिल्लीका किंगपिन अदनान हुसैन अन्सारी,  बुलन्द सहरका मोहम्मद ओभेस रहेको स्पेसल कमिस्नर एचजीएस धालिवाल र अफरोज रहेका छन् । 

स्पेसल सेलका एडिसनल कमिस्नर प्रमोद सिंह कुशवाहका अनुसार अन्सारीले दुबईमा रहेका आफ्नो नातेदारलाई सम्पर्क गरेर हतियारको अर्डर दिएका थिए । ‘अर्डर पाएपछि पाकिस्तानमा रहेको सिन्डिकेटका समूहसँग उनले सम्पर्क गरेका थिए । त्यसपछि फलामको विशेष बाकसमा पेस्तोल राखेर एयर कार्गोको मद्दतबाट  त्यसलाई नेपाल पठाइएको थियो,’ कुशवाहले भने ।

सामान नेपाल पुगेपछि भन्सारका कर्मचारीहरूलाई पैसा खुवाएर हतियार त्यहाँबाट निकाल्थ्यो । प्राप्त हतियारलाई गाडीमा राखेर दिल्ली पुर्‍याइने उनले जानकारी दिए । यो वर्ष मात्र सो समूहले ४ पटक हतियारको खेप ल्याइसकेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?