असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमै पहिलो पटक नाँचियो कालिका नाँच

१५ आश्विन २०७३, शनिबार ११:२५


असोज १५, बुटवल । दशै नजिकिदै गर्दा रुपन्देहीमा दुर्गा भवानीको विभिन्न परम्परागत नाँच तथा पुजाआजा गरि मनाउन थालिएको छ । 

शक्तिका रुपमा मनाइने यस पर्वमा दुर्गा भवानीको विभिन्न स्वरुपमा हिन्दु धर्मालम्बीहरुले रुपन्देहीका विभिन्न चोक चोकमा  कार्यक्रमहरु  आयोजना गरि देवीको पुजा गर्ने गरेका छन् । नाम थरी थरी रुप एउटै भने जस्तै दुर्गा भवानीको वाक, शची, उमाहेमावती, कालीका, कराली, महाकाली लगायतको शक्तिका रुपमा पुजा गरिदै आइएको छ । 

यसैक्रममा शुक्रबार बुटवलको देविनगरमा शक्तिका रुपमा नाँचिने कालिका देविको नाँच देखाइएको छ । लोप हुदै गएको कालिका नाँचलाई संरक्षण गर्ने उद्देश्यले कार्य नेपाल संस्थाले नाँचको आयोजना गरेको थियो । 

करिब पाँच हजार वर्ष पहिले दुर्गा भवानीले महीसासुर राक्षसलाई संहार गर्न कालीकाको स्वरुपमा राक्षसको संहार गरेपछि त्यसको विजय स्वरुप उहाँकै संझनामा नाँच नाँचिदै आइएको हो । सिन्धु घाँती सभ्यता अन्तरगत इसापुर्व २ हजार ८ सय वर्ष पहिले देखि आर्य समुदायहरुले कालिका नाँचको शुरुवात गरेको सस्कृत विद्य डा. गितु गिरिले बताए । 

पछि भुरे टाकुरे राजाहरुले आफ्ना शत्रुहरुलाई पराजित गरेपछि कालीका देवीको मन्दिर बनाइ शक्ति स्वरुप विभिन्न नाँचहरु देखाउन शुरु गरेको इतिहासमा उल्लेख छ । पछिल्लो समय नाँच लोप हुदै गएपछि कालिका नाँचको संरक्षण र संवद्र्धन गर्न अर्घाखाँचीको केरुङ्गा गाविसबाट कालिका नाँच मगाई विभिन्न जिल्लामा देखाउन शुरु गरेको कार्य नेपाल बुटवल समितिका अध्यक्ष लेखनाथ पराजुलीले बताए ।

 देबिनगर वाणिज्य क्याम्पस प्राङ्गणमा आयोजना गरिएको कालिका नाँचको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कालिका देवीको फोटोमा माल्यार्पण तथा पुजाआजा गरि आरम्भ गरेका थिए । कार्यक्रमा बोल्दै ढकालले लोप हुदै गइरहेको हिन्दु धर्म र संस्कृतिसँग जोडिएको उपयोगितावाधी प्रवृति अन्तरनिहित यस परम्परालाई सबैले संरक्षण गर्नुपर्ने बताए । 

कार्य नेपाल सस्थाले आयोजना गरेको कालिका नाँचको प्रशंसा गर्दै प्रजिअ ढकालले युवावर्गहरुले हाम्रो कला र संस्कृतिको जर्गेना गर्न देखाएको तत्पर्तालाई सबैले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै सस्थाका संरक्षक तथा समाजसेवी खिमानन्द पाण्डेले अगामि वर्षहरुमा पनि यस्ता लोप हुदै गएको कला र सस्कृतिको संरक्षणमा आफु  लागि पर्ने बताए । विजय उत्सवका रुपमा मनाइने धेरै लामो ऐतिहासिकता बोकेको यस कालिका नाँचलाई हरेक वर्ष आयोजना गरिने पनि उनले बताए । 

बुटवलमा पहिलो पटक आयोजना गरिएको कालिका नाँच हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । रातको समयमा मात्र नाँचिने यस नाँचमा कालिका, बाघ, रातीका र सेतीका रुपमा विभिन्न तालमा नाँच देखाइएको थियो ।

 बेला बेलामा दर्शकहरुलाई रमाइलो बनाउन जोर्करको मुकुट र भेषमा जोक्करले मनोरञ्जन दिइरहेको थियो । कलाकालहरुले विभिन्न १० विधामा नृत्य देखाएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दिपक ज्ञवाली, स्थानीय शान्ति समिति रुपन्देहीका पूर्व संयोजक ज्ञानु पौडेल, केरुङ्गेली सम्पर्क समाज रुपन्देहीका उपाध्यक्ष गणेश श्रेष्ठ, देबीपुर सेवा समाज रुपन्देहीका अध्यक्ष दुर्गा खनाल, अर्घाखाँची सम्पर्क समाजका उपाध्यक्ष देबी श्रेष्ठ, भगवती सम्पर्क समाज रुपन्देहीका अध्यक्ष कुलचन्द्र पाण्डे, लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेर बहादुर बस्नेत, रुपन्देही जिल्ला प्रहरी प्रमुख बुद्धि बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी लगायतको उपस्थिती रहेको थियो । 

सस्थाका अध्यक्ष राजीव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी अमृता अनमोलले गरेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य